इलामको इभाङमा अन्तरराष्ट्रिय मापदण्डको खेलमैदान बन्‍ने !

  नयाँ बुलन्द  831 पटक हेरिएको

इलाम : इलामको माङसेबुङ गाउँपालिका २ इभाङमा अन्तरास्ट्रिय मापदण्डको फूटबल खैलमैदान बन्ने भएको छ ।

स्थानीय रेडस्टार क्लबको अगुवाईमा इभाङको बरबोटे टोलमा अन्तरास्ट्रिय मापदण्डको ‘रेडस्टार खैलमैदान’ बन्ने पक्का भएको हो । खैलमैदान निर्माणका लागि पर्याप्त मात्रामा जग्गा उपलब्ध भएसँगै इभाङमा मापदण्डको खैलमैदान निर्माण हुने पक्का भएको हो । खैलमैदान निर्माणका लागि आवश्यक पर्ने करिब १६ रोपनी जग्गा उपलब्ध भइसकेको रेडस्टार क्लबका अध्यक्ष मदन राईले जानकारी दिए ।

खैलमैदान निर्माणका लागि स्थानीय समाजसेवीहरुले निशुल्क उपलब्ध गराएका छन् । सो ‍जग्गालाई लकडाउन खुलेपछि रेडस्टारको माताहतमा ल्याउने गरी सम्झैता गरिएको वडा अध्यक्ष पुष्पाराज कार्कीले जानकारी दिए ।

त्यस क्षेत्रमा विगत लामो समयदेखि उचित ठाउँमा खेलमैदानको खोजी भइरहेको थियो । त्यस क्षेत्रमा हालसम्म अन्तरराष्ट्रिय मापदण्डको खेलमैदान निर्माण भएका छैनन् ।

खेलमैदान निर्माण सुरु गर्न चालू आर्थिक वर्षमा माङसेबुङ गाउँपालिकाले ४ लाख ८५ हजार रुपैयाँ विनियोजन गरेको छ । आगामी वर्षको बजेटबाट थप रकम विनियोजन गरी अन्तरराष्ट्रिय मापदण्डको खेलमैदानमा विशेष पहल रहने गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताए । खेलमैदान निर्माणका लागि आवश्यक आर्थिक संकलन अभियान समेत सुरुवात गरिने क्लबले जनाएको छ ।

खेलमैदान निर्माणपश्चात अन्तरास्ट्रिय स्तरको विभिन्न प्रतियोगिता आयोजना गर्ने लक्ष्य रेडस्टार क्लबको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार