इलाममा ट्याकटर दुर्घटना हुँदा चालकको ज्यान गयो

  नयाँ बुलन्द
0 Shares

इलाम : शनिबार दिउँसो भएको ट्याक्टर दुर्घटनामा परी इलाममा एक जनाको ज्यान गएको छ ।

दिउँसो करिब पौने २ बजे इलाम नगरपालिका २ साँखेजुङ स्थित भित्री सडक खण्डमा मे १ त ४१०३ नम्बरको ट्याक्टर दुर्घटनामा परी चालक नगरपालिका १ साखेजुङ का ३२ वर्षीय योगेस मगरको ज्यान गएको हो ।

दुर्घटनामा परी घाइते भएका मगरको उपचारका लागि इलाम अस्पताल ल्याउँलै गर्दा बाटोमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

दुर्घटनामा परी सहचालक सोही ठाउँका १४ वर्षीय १४ निमा शेर्पा र अर्का स्थानीय १८ वर्षीय आकास राई सामान्य घाईते भएका छन् । उनीहरुको मनमोहन अस्पताल झापामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालययका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए । घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

स्थानीय रत्नकुमार वान्तवा पोलिटेक्निक इन्स्टिच्युडको भवन निर्मानको लागि ढुङ्गा लिन जाने क्रममा दुर्घटनामा परेको ट्याक्टर सडकदेखि करिब ३० फिट तल खसेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार