गुराँस लाइफ इन्स्योरेन्सको वार्षिक उत्सवमा स्वास्थ्य सामाग्री वितरण

  नयाँ बुलन्द  170 पटक हेरिएको

इलाम : गुराँस लाइफ इन्स्योरेन्स इलाम शाखाले आफ्नो १२ औं वार्षिक उत्सवको अवसरमा स्वास्थ्य सुरक्षा सामाग्री बितरण गरेको छ ।

एन ९५ मास्क ३३ थान, सेनीटाइजर पाँच बोत्तल, हेण्ड ग्लोब्स ५ सय थान र एकथान थर्मल गन वितरण गरेको हो ।

शाखाले जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी, सदरमुकाममा सञ्चालनमा रहेका तीनवटा एफएमलाई उक्त सामाग्रीहरु वितरण गरेको छ । जसमध्ये थर्मल गन ट्राफिक प्रहरी कार्यालयलाई बितरण गरेको इन्स्योरेन्सका शाखा प्रबन्धक अर्जुन पोख्रेलले जानकारी दिए ।

जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश १ का उपाध्यक्ष सोमनाथ सुसेली, जिल्ला प्रहरी कार्यालय इलामका डिएस्पि हेमन्त क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।

शाखाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखाले सामाजिक लगायत अन्य बिभिन्न क्षेत्रमा काम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार