सरस्वती आधारभूत विद्यालयको ‘नरधन खेलमैदान’ निर्माण सम्पन्‍न

  नयाँ बुलन्द
0 Shares

माङसेबुङ :  इलामको माङसेबुङ गाउँपालिका २ पावास्थित सरस्वती माध्यमिक विद्यालयको ‘नरधन खेलमैदान’ निर्माण सम्पन्न भएको छ ।

माङसेबुङ गाउँपालिका वडा नम्बर २ वडाको बजेट सिलिङबाट विनियोजित २ लाख ४२ हजार ५ सय रुपैयाँको लागतमा खेलमैदान निर्माण भएको हो ।

वडाबाट सो खेलमैदान मर्मत तथा स्‍तरोन्नतिसहित निर्माण सम्पन्न गर्नका लागि बजेट विनियोजन भएको थियो । करिब ३ रोपनी जग्गामा सो खेलमैदान निर्माण गरिएको छ । स्थानीय समाजसेवी ठाकुर राईले आफ्ना स्वर्गीय बाबु नरप्रसाद राई  र स्वर्गीय आमा धनकुमारी राईको स्मृतिमा जग्गा खरिद गरेर विद्यालयलाई निशुल्क उपलब्ध गराएका थिए । सोही जग्गामा खेलमैदान निर्माण भएकाले खेलमैदानको नाम ‘नरधन खेलमैदान’ नामाङ्करण गरिएको छ ।

खेलमैदान निर्माणका लागि धनप्रसाद नेम्बाङको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेको थियो । सोही समितिले खेलमैदान निर्माण गरेको हो ।

सुरुमा स्थानीय अभिभावकहरुबाट २ सयदेखि ५ सय रुपैयाँसम्म चन्दा संकलन गरेर खेलमैदान निर्माण सुरु गरिएको थियो । तर बजेट अभावमा निर्माण सम्पन्न हुन सेकको थिएन । यस पटक भने खेलमैदान निर्माण सम्पन्न भएपछि स्थानीय समेत खुसी भएका छन् ।

खेलमैदान निर्माण भएपछि सो विद्यालयमा अध्ययनरत विद्यार्थी साथै स्थानीय खेलप्रेमी युवाहरु लाभान्वित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार