नयाँ बुलन्दको वार्षिक भित्तेपात्रो–२०७७ सार्वजनिक

  नयाँ बुलन्द  243 पटक हेरिएको

इलाम : बुलन्द आवाज मिडिया प्रा.लि. इलामद्वारा संचालित पूर्वकै लोकप्रिय अनलाइन पत्रिका नयाँ बुलन्द डटकमले आफ्नो तेश्रो वार्षिक उत्सवको अवसरमा सन्देशमूलक वार्षिक भित्तेपात्रो–२०७७ (क्यालेण्डर) प्रकाशन गरेको छ ।

विगतका वर्षझैं यसवर्षपनि ६ पृष्ठको सन्देशमूलक वार्षिक भित्तेपात्रो प्रकाशन गरेको हो । वैशाख १३ गते अनलाइन पत्रिका नयाँ बुलन्द डटकमको वार्षिक उत्सवको अवसरमा भित्तेपात्रो सार्वजनिक गर्ने तयारी गरिएको भएपनि सरकारले गरेको लकडाउनका कारण पात्रो छपाईमा ढिलाई भएको सम्पादक राम योङहाङले बताए ।

लकडाउनका कारण ढिलाई भएकोप्रति नयाँ बुलन्द टिमले क्षमा याचना गरेको छ । लकडाउनकाबीचमा कष्टपूर्ण तरिकाले ग्रहकसमक्ष पात्रो वितरणको काम भइरहेको छ ।

विश्वमा फैलिएको कोरोना भाइरस (कोभड १९) को सम्भावित संक्रमण तथा रोकथामका लागि सरकारले गत ११ चैतदेखि लकडाउन गरेको छ ।

भित्तेपात्रोमा विभिन्न सन्देशमूलक जानकारी एवम् सूचनाहरु राखिएका छन् ।

हेर्नुहोस् भित्तेपात्रो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार