पत्रकार सोमनाथ सुसेलीको पहलमा राहत बितरण

  नयाँ बुलन्द  396 पटक हेरिएको

इलाम : इलाम नगरपालिका वडा नम्बर ६ पिपलबोटेका दुई बिपन्न बृद्धबृद्धा राहत बितरण गरिएको छ ।  स्थानिय बाबुकाजी श्रेष्ठ र उनकी श्रीमती देवि माया मगर श्रेष्ठलाई पत्रकार महासंग प्रदेश १ का उपाध्यक्ष सोमनाथ सुसेली र स्थानिय युवा रोशन बुढाथोकीको पहलमा राहत बितरण गरिएको हाे ।

ती बिपन्न बृद्धबृद्धलाई एक बोरा चामल ,१ सिलिन्डर ग्यास र एक कार्टुन तेल राहत स्वरुप कोशी ग्यास डिलरका प्रोपाईटर महादेब श्रेष्ठ र इलामका अग्रज समासेवी तथा नेपाली कांग्रेसका नेता डम्बर खडकाको सहयोगमा उक्त राहत सामग्री बितरण गरिएकाे थियो ।

बिरामी तथा अशक्त र खान केहि नभएकाले ती दुई बृद्धबृद्धालाई राहत बितरण गरिएको उपाध्यक्ष सुसेलीले जानकारी दिए । पत्रकार सुसेलीले कोरोना भाईरस पछिको लकडाउनका समयमा बिपतमा परेकालाई दाता मार्फत सहयोग गराउदै आएका छन्। उनले लकडाउनका कारण कोही समस्यामा रहेको भए आफ्नो संपर्क नबर ९८५२६८०२०३ मा संपर्क गर्न समेत सकिने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार