भारतबाट इलामको पशुपतिनगरनाका हुदै एक सय बढी नेपाली भित्रिए

  नयाँ बुलन्द  137 पटक हेरिएको

इलाम : नेपाल भारत सीमा नाका इलामको पशुपतिनगरबाट साेमबार ४३ जना नेपाल भित्रिएका छन् । दोलखा, झापा र तेह्थुमका गरि भित्रिएका मध्ये दोलखाका ३३, तेह्थुमका ९ र झापाका १ जना रहेका छन् । जस मध्ये  ३४ जनाको आरडिटि परिक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको बताइएकाे छ । उनिहरुलाई गृह जिल्ला पठाईसकिएको सूर्योदय नगरपालिका वडा १० का अध्यक्ष पेमाउगेन लामाले जानकारी दिए ।

बाँकी ९ जनालाई भने क्वारेन्टाईनमा राखिएको उनले बताए  । अाइतबार मात्र दोलखा चितवन, काठमाडौँ र तेरथुमका गरि ७६ जनाको उद्धार गरिएको थियो । ६७ जनामा गरिएको पहिलो चरणको आरडिटि परिक्षणमा ८ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । रिपोर्ट पोजेटिभ देखिनेहरुमा दोलखा जिल्लाका ७ जना पुरुष र १ महिला रहेका छन् । लामाले उनिहरुको स्वाब नमुना लिएर पिसिआर परीक्षणका लागि पठाईएको बताए ।

आज सम्म भित्रिएका ११९ जना मध्ये २७ जनालाई सूर्योदयको क्वारेन्टाईनमा राखिएको छ । सुकिया, दार्जिलिङ, मिरिकलगायतका स्थानमा कामका सिलसिलामा पुगेर उतै लकडाउनका कारण रोकिएकालाई नेपाल प्रवेश गराउन शुरु गरिएको हो । सूर्योदय नगरपालिकाको पशुपतिनगर कन्याम र करफोकमा गरि चार सय जनालाई राख्ने तयारी गरिएको छ।

नेपाल प्रवेश गर्ने सबैको आरडिटि गरिने छ भने प्रदेश नम्बर १ का नागरिकको पीसीआर परिक्षणसमेत गरिने छ। उनीहरुलाई होल्डिङ एरियामा राखेपछि सम्बन्धित जिल्लामा सम्पर्क गरेर पठाउने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय इलामका सूचना अधिकारी सफल पोर्तेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार