इलामको पशुपतिनगर नाकाबाट ७६ नागरिक स्वदेश फिर्ता

  नयाँ बुलन्द  209 पटक हेरिएको

इलाम : नेपाल भारतको पुर्बी नाका इलामको पशुपतिनगरबाट आईतवार ७६ नागरिक स्वदेश फिर्ता भएका छन् । भारतमा रोजगारीको सिलसिलामा रहेका दोलखाका ६७, तेह्रथुमका ७ तथा चितवन र काठमाडौंका १÷१ युवा सो नाका हुँदै नेपाल प्रवेश गरेका हुन् ।

उनीहरूमध्ये ६७ जनाको पशुपतिनगरमै र्यापिड डाइनोस्टिक टेस्ट (आरडिटी) गर्दा ८ जनाको रिपोर्ट पोजिटिभ देखिएको छ । रिपोर्ट पोजिटिभ आएका सबै युवा दोलखाका भएको र उनीहरूलाई क्वारेन्टाइनमा राखिएको सूर्याेदय नगरपालिकाका प्रवक्ता तथा वडा १० का अध्यक्ष पेमाउग्येन लामाले जानकारी दिए।

पोजिटिभ रिपोर्ट आएकाहरूको आज(सोमबार) स्वाब नमुना लिएर पिसिआर परीक्षणका लागि पठाइने बताईएको छ । अन्य रिपोर्ट नेगेटिभ आएका दोलखाकै ५८ जनालाई गृहजिल्ला पठाइएको छ । अन्यलाई सवारी साधन व्यवस्था गरेर पठाईने लामाले बताए ।

सोमबार पनि यो नाका भएर नेपाली नागरिकहरु नेपाल प्रबेश गर्ने छन । पशुपतिनगर नाकाबाट भित्रिने व्यक्तिलई राख्न पशुपतिनगरसहित आसपासका विभिन्न स्थानमा ४ सय जना क्षमताको क्वारेन्टाइन तयार गरिएको छ । दार्जिलिङ, मिरिक, कापिम्पोङ, सिक्किमलगायत क्षेत्रमा रहेका नेपाली नागरिक पशुपतिनगर नाका भएर देश भित्रिन थालेका हुन् ।  इलामसँग भारतको सीमा साढे ५२ किलोमिटर छेत्रफलमा जोडिएको छ भने पशुपतिनगर इलामको मुख्य नाका रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार