इलामको माइजोगमाईमा कोरोना संक्रमण रोकथामका लागि अनुगमन समिति गठन

  नयाँ बुलन्द  92 पटक हेरिएको

माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिका १ प्रेमेजुङ्गमा कोरोनाको संक्रमण रोकथामका लागि ३० सदस्यीय अनुगमन समिति गठन गरिएको छ । शनिबार गठित समितिको अध्यक्षमा मिलन खँड्का चयन भएका छन् भने क्रमशः उपाध्यक्षमा बेनुप भण्डारी, कोषाध्यक्ष, लेखनाथ दाहाल, सचिव नरेन इलामेली, र सह — सचिव सन्तविर तामाङ चयन भएका छन् । समितिमा अन्य २५ जना सदस्य रहेको समितिका अध्यक्ष मिलन खँड्काले जानकारी दिए ।

सन २०१९ को अन्तिममा चीनको बुहान शहरमा पहिलो पटक देखा परेको कोरोना भाइरस हाल विशवका २ सय १० भन्दा धेरै देखा परेको र नेपालको ४० भन्दा बढि जिल्लाहरुमा फैलिसकेकाले सरकारले गरेको लकडाउनको पूर्ण पालना गर्न सहयोग पु¥याउने र गाउँमा संक्रमण फैलिनबाट रोक्ने उद्धेशयले समिति गठन गरिएको समितिका अध्यक्ष खँड्काले बताए ।

शनिबार बसेको समितिको पहिलो बैठकले गाउँमा कोरोनाको संक्रमण फैलिन नदिनका लागि केही महत्वपूर्ण निर्णयहरु गरेको समितिका सचिव नरेन इलामेलीले नयाँ बुलन्दलाई जनाकारी दिए । बैठकले गाउँमा संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउने र संक्रमण फैलिएको क्षेत्रबाट कोही गाउँमा आएमा उसलाई सोझै क्वारेन्टाइनमा लैजाने व्यवस्था मिलाउने निर्णय भएको इलामेलीले बताए ।

त्यस्तै रातको समयमा सवारी साधनहरु विभिन्न बाहानामा झापाका बजारहरुमा निर्वाध आवतजावत गरिरहेको पाइएकाले संक्रमणको जोखिम उच्च भएकाले तत्कालका लागि सवारी साधनहरुलाई विरामी उपचारका लागि बाहेक अन्य कामका झापा जान रोक लगाउने, विकास निमार्णका काममा लकडाउनको नियम पालना गरी समाजिक दुरी कायम गरेर मात्र संचालन गर्ने, साँझ ५ बजे पछि पसल संचालन गर्न नपाउने, आन्तरिक रुपमा संचालन भईरहेका सम्पूर्ण खेलकुदका कार्यक्रमहरुमा रोक लगाउने , मानिसहरुको दैनिक जमघट हुने दुग्द्ध संकलन केन्द्रहरुमा सावुन पानीको व्यवस्था गर्ने निर्णय गरेको सचिव इलामेलीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार