एकै दिन ५९ जनामा कोरोना संक्रमण, स‌ंक्रमितको स‌ं‌ख्या ५१६ पुग्यो

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : शुक्रबार एकै दिन कोरोना संक्रमितको संख्या ५९ जना बढेर कुल संक्रमित संख्या ५ सय भन्दा माथि पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार एकै दिन ५९ जना संक्रमित पुष्टि भई कुल संक्रमितको संख्या ५ सय १६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार सर्लाही जिल्लामा १५, बाँकेमा १४ जना, कपिलवस्तुमा ९, बारामा ६, कैलाली र नवलपरासीमा ३र३, चितवनमा २, नवलपरासी पूर्व, सप्तरी, भक्तपुर, मोरङ, डडेल्धुरा, बैतडी र मकवानपुर जिल्लामा १र १ जना संक्रमित भेटिएका छन् ।

सर्लाहीको गौडेता नगरपालिका र बहुअर्वा नगरपालिकामा कोरोना संक्रमण देखिएको हो । बाँकेका १३ जना नरैनापुर गाउँपालिकाका र एक जना राप्ती सोनारी गाउँपालिकाका हुन् ।

बाराको ६ जना संक्रमित सिम्रौनगढ नगरपालिकाका हुन् । बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार सिम्रौनगढ नगरपालिका–६ स्थित क्वारेन्टाइनमा बसेका वडा नम्बर ७ का ३४, ३८ र ४५, वडा नम्बर ११ का २२, वडा नम्बर १ का २७ र वडा नम्बर २ का २५ वर्षका व्यक्तिमा कोरोना संक्रमण भएको छ ।

कपिलवस्तुको वाणगंगा नगरपालिका र मायादेवी गाउँपालिकाका संक्रमित भेटिएका हुन् ।

नवलपरासीको सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिकाका ३३ र ३५ वर्षका पुरुष र १५ वर्षकी महिलामा कोरोना संक्रमण देखिएको छ ।

चितवनको भरतपुर महानरगपालिका–६ का ७४ वर्षका पुरुष, ७३ वर्षकी महिलामा कोरोना संक्रमण भएको छ । त्यस्तै नवलपरासी पूर्वको विनय त्रिवेणी गाउँपालिका– ६ का ४५ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मोरङमा भेटिएका संक्रमित रतुवामाई नगरपालिका-२ का हुन् ।

एक महिनापछि सुदूरपश्चिममा ५ जना

एक महिनापछि सुुदूरपश्चिममा फेरि कोरोना भाइरसको संक्रमण देखिएको छ । शुक्रबार कैलालीमा ३ जना, डडेल्धुरा र बैतडीमा एक÷एक जना कोरोना संक्रमित थपिएका हुन् ।

संक्रमित हुनेमा कैलालीको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षका पुरुष रहेका छन् । डडेलधुराको परशुराम(१० का २८ वर्षीय पुरुष र बैतडीको शिवनाथ(१ का २२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार