पवित्र चर्चद्वारा माङसेबुङका २२ विपन्न घरपरिवारलाई चामल सहयोग (भिडियो सहित)

  नयाँ बुलन्द  299 पटक हेरिएको

माङसेबुङ : इलामको माङसेबुङ २ रत्नवस्तीस्थित पवित्र चर्च मण्डलीले विपन्न २२ घरपरिवारलाई चामल सहयोग गरेको छ ।

शुक्रबार माङसेबुङ २ चारससुरेस्थित इमाङ आधारभूत विद्यालयको प्राङ्गणमा कार्यक्रम गरी सहयोग वितरण गरेको हो ।

चर्चले माङसेबुङ १ र २ का विपन्न परिवारलाई प्रतिपरिवार २५ किलोग्रामका दरले चामल सहयोग उपलब्ध गराएको हो ।

माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गो, वडा नम्बर २ का अध्यक्ष पुष्पराज कार्कीलगायतको रोहवरमा सहयोग हस्तान्तरण गरिएको थियो ।

विश्वमा फैलिएको कोरोना (कोभिड १९) को संभावित रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनबाट प्रभावित विपन्न परिवारलाई राहतस्वरुप चामल उपलब्ध गराइएको पवित्र चर्चका जीवन वाङदेलले बताए । २७ हजार ५ सय रुपैयाँ बराबरको चालम सहयोग गरिएको राईले जानकारी दिए ।

पवित्र चर्चले यसअघि पनि विभिन्न ७ विपन्न घरपरिवारलाई चामल उपलब्ध गराएको थियो ।

माङसेबुङ गाउँपालिकाले पहिलो चरणमा गत महिना गाउँपालिकाका १ हजार १ सय ८६ घरपरिवारलाई राहत दिएको थियो ।

हेर्नुहोस् भिडियो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार