कोरोना : विपद र क्‍वरेन्टिन व्यवस्थापन

  स्काइ पोख्रेल  63 पटक हेरिएको

स्काइ पोख्रेल

गत डिसेम्बरमा चीनको हुवेइ प्रान्तको राजधानी वुहानमा देखा परेको नोबेल कोरोना भाइरस (कोभिड-१९) बाट समग्र विश्व प्रभावित भैरहेकोछ। यस विश्वव्यापी विपदमा विकाशोन्मुख मुलुक नेपाल समेत प्रभावित नहुने भन्ने कुरै छैन। त्यो पनि कहाँबाट सुरु भएको महामारी? हाम्रो देश नेपालको उत्तरी (Zone of protection)को भुमिका निभाएको छिमेकी राष्ट्र चीनबाट ! तत्कालिन समयमा महामारी (Epidemic)को रुपमा चीनको वुहानमा मात्र रहे तापनि युरोपका इटाली, स्पेन र मध्य पूर्वको इरानमा संक्रमण तिव्र फैलिएपछी मार्च ११ तारिखबाट विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी(pandemic) घोषणा गर्यो। प्रश्न त्यसवखत उठ्यो जब , तुलनात्मक रुपमा बलियो स्वास्थ्य पूर्वाधार भएका मानिएका युरोपेली मुलुकले समेत  यस विश्वव्यापी महामारीको सन्दर्भमा उचित कदम केही चाल्न सकेनन। संयुक्त राज्य अमेरीका समेत निरिहप्राय रहयो, र करिव नब्बे हजार नागरिकले भाइरसको सिकार बन्नु पर्यो। यो संख्या वृद्धि हुने क्रम निरन्तर रहेको छ।
नेपालको अवस्था
कोभिड-१९ बाट नेपाल समेत प्रभावित भयो। गत फरबरी १५ मा पहिलो संक्रमण देखिएको नेपालमा मार्च २२ सम्म पनि एउटा मात्र संक्रमण सिमित रहयो।  उक्त १ महिना ७ दिन सम्म पनि संक्रमणमा वृद्धि नभएपछि नागरिक नै आश्चर्यचकित भए । ठाउँठाउँमा “पशुपतिनाथ” ले नेपालको रक्षा गरिरहेछ भन्ने चर्चा समेत चल्यो। हुन पनि हो, छिमेकी चीनमा डिसेम्बरमा देखा परेको संक्रमण नेपालमा मार्चको तेश्रो सातामा समेत १ संक्रमण बाहेक केही देखिएको थिएन। तर मार्चको अन्तिम साता २,५,९ हुँदै संख्या बढेर गयो। मे पहिलो सातामा संक्रमणको मात्रा बढेर गयो। हाल ४०० को हाराहारीमा छ। संक्रमणबाट मृत्यु हुने क्रम मे १६ बाट सुरु भयो भने १७ तारीखमा दोश्रो मृत्यु समेत भयो।
यसबीचमा नेपालको संक्रमणमा वृद्धि भएपश्चात नेपाल सरकारले समेत चैत्र ११ गते(मार्च २४) बाट नेपालमा लकडाउन लागू गर्यो। तर संक्रमणमा यसै समयमा झन निराशाजनक भयो।
विपदमा कहाँ चुक्यो नेपाल?
कोरोना भाइरस एउटा विपद हो। भनिन्छ विपद बाजा बजाएर आउदैन । लकडाउन सुरुवात हुँदा सम्म नेपाल विपदको तयारी अवस्थामा थिएन।  नेपालमा आवश्यक टेस्ट नै हुन सकेनन। यसका दुइवटा मुख्य कारण थिए।
पहिलो: टेस्ट किट RDT(रेपिड डाइग्नोस्टिक टेस्ट)को संख्या निकै कम भएको अवस्थामा किटको नतिजा विश्वसनिय भएन भन्ने तर्क चलिरहेको अवस्थामा PCR(पोलिमराइज्ड चेन रियाक्सन) टेस्टको मात्रा कम रहेको र संक्रमण पुष्टि हुन PCR अनिवार्य रहेको। यसै सन्दर्भमा कीट खरिदमा पनि विवाद भए ठुला व्यापारिक घराना समेत विवादमा जोडिन पुगे। फलस्वरुप नेपाली सेनामार्फत खरिद गर्ने निर्णयमा नेपाल सरकार पुग्यो।
दोश्रो: परिक्षणको क्षेत्राधिकार विस्तार नभइ टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रमा मात्र सिमित थियो । हाल सबै प्रदेशमा टेस्ट गराउने निर्णय भएको छ। फलस्वरुप दुई थरीकै टेस्ट पनि वृद्धि भए तर जनसंख्याको अनुपातमा टेस्ट अति नै कम भएका छन।
नेपालको विपद व्यवस्थापनको सन्दर्भमा सधै झै यसपटक पनि नेपालको तयारीको अवस्था  अति नै फितलो भयो। विपदमा तयारी चुस्त हुनुपर्छ भन्ने शिक्षा यसपटक पनि कोरोनाले दिएको छ।
हाल नेपालमा विपदको समय चलिरहेको छ। टेस्टको मात्रामा वृद्धि भएपश्चात संक्रमितको संख्या त वृद्धि हुने नै भयो। तर टेस्टमा मन्ध गतिले संक्रमित ढिलो परिक्षणको दायरामा आउने र संक्रमित ढिलो पहिचान हुनाले ; संक्रमितको आवातजावतले झन धेरै संक्रमण बढाउने डर भयो। अझ दक्षिणतर्फको छिमेकी मुलुकबाट लुकेर नेपाल प्रवेश गर्नेले समेत यसको त्रास बढायो। “आफ्नै नागरिक नेपालमा प्रवेश गर्न नपाउने? ”  भन्ने सम्मका राष्ट्रियताका नारा पनि घन्किए। विप्रेषणले मुलुकको कुल ग्राहश्थ उत्पादनमा करिव २५ प्रतिशत धानेको मुलुकमा सायद त्यो नारा सान्दर्भिक नै थियो कि?
समस्या के छ?
कतिपय बाहिरबाट आएका नागरिकलाइ सिमामा धर्ना बसे पश्चात् नेपाल सरकारले एकपटक नेपाल प्रवेश अनुमती पनि दियो तर एउटा शर्तमा; शर्त थियो सम्बन्धित नागरिकको घर भएको स्थानिय तह वा जिल्ला पुगेपश्चात अनिवार्य क्वरेन्टिनमा बस्नुपर्ने। क्वरेन्टिन कहाँ बनाइयो? केही थोरै स्थानमा अस्पतालमा , कतै खाली घरमा , कतिपय स्थानमा नजिकैको विद्यालयमा र कहिकतै खुला चौरमा टेन्ट राखेर ।  तर यी स्थानहरुबाट नागरिक भाग्ने अवस्था देखा पर्यो।  नागरिकहरुको यस क्वरेन्टिनमा रहदा दुई तीनवटा समस्या देखा पर्यो। पहिलो , केही स्थानमा बाहेक अत्यावश्यक सेवामा कम गुणस्तर(जस्तै म्याट र हिटफर्मको भरमा सुत्नु पर्ने, इन्टरनेटको पहुँच नहुने, शौचालयको समस्या) रहनु, दोश्रो ;क्वरेन्टिनमा बस्नु भनेको जेल वा कारावास वा नजरबन्दमा नै बस्नु पर्ने हो कि भन्ने “क्वरेन्टिन” शाब्दिक त्रास  र तेश्रो; समाजमा अन्य समुदायले “कोरोनाको संक्रमित” हो भन्ने आरोप लाग्छ कि भन्ने भान।  भारतबाट वा तेश्रो मुलुकबाट आउने व्यक्तिलाइ क्वरेन्टिनमा नराख्दा , संक्रमण बढ्न सक्न्व सम्भावना र पछि (contact tracking) को समस्या हुने कारणले क्वरेन्टिनलाइ अनिवार्यप्राय: गरिएको अवस्था छ । तर क्वरेन्टिनबाट भाग्ने परम्पराले झन ठूलो समस्या ल्याएको अवस्था छ।
अबको बाटो
लकडाउनको अवस्थाले मुलुकको हरेक आर्थिक क्षेत्र जस्तै (पर्यटन, होटल व्यवसाय , रेस्टुरेन्ट)का आर्थिक गतिविधी शुन्यप्राय छन। मासिक घरभाडा तिरेर ठुलो मात्रामा होटल व्यवसाय गर्ने स्वरोजगार व्यक्तिले रोजगारी गुमाइरहेका छन । घरभाडा तिर्न सक्ने अवस्था ज्यादै न्यून छ। सुबिधाको समस्याका कारण क्वरेन्टिन छोडेर नागरिक भागिरहेका छन।  होटलसँग सामान्य सुबिधाका क्षेत्र जस्तै( आरामदायी शयन , शौचालय, ईन्टरनेट, टेलिभिजन, पत्रपत्रीका) जति पनि रहेका छन र होटल सबै खाली रहि  होटल अकुपेन्सी शून्य छ। राज्यसमेत यस विश्वव्यापी महामारीको रोकथाम र नियन्त्रणका निम्ती हरेक क्षेत्रलाइ समेटेर अघि बढिरहेको छ। “राज्यले चाहेका वखत अनिवार्य सेवा गर्नु” सबै नागरिकको संविधानले तोकेको कर्तव्य हो।  यस  सन्दर्भमा स्थानिय सरकारको अगुवाइ , होटल एसोसिएसन र उद्योग बाणिज्य संघको साझा सहकार्य र केन्द्रीय र प्रादेशिक सरकारको रेखदेखमार्फत होटल क्षेत्रमा क्वरेन्टिन सञ्चालन  गर्नु अर्थतन्त्रमा मलमपट्टी गर्न, रोजगारीको रोकथाम तथा थप गरिबिमा नागरिक धकेलिने अवस्थालाइ  न्युनिकरण गर्न मार्गदर्शक होला कि?


स्काइ पोख्रेल
९८४३५०७२९३
देउमाइ नगरपालिका वडा नं ३ इलाम
हाल उच्च सरकारी वकिल कार्यालय इलाममा कार्यरत
@skypokhrel219 at twitter

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार