लाेकसेवा तयारी : खरिदार, नासु लगायतका परीक्षाका लागि अति उपयाेगी

  नयाँ बुलन्द  89 पटक हेरिएको

काठमाडौँ : लोकसेवा परीक्षा पास गरेर सरकारी जागिर खाने तपाईँको लक्ष्य र सपना पूरा गर्न थोरैभए पनि सहयोग पुगोस र अनलाइनका माध्यमबाट उपयोगी ज्ञान, सूचना पनि बाँड्न सकिँन्छ भन्ने मान्यता स्थापित गर्ने हेतुले हामीले निरन्तर रुपमा लोकसेवा तयारी र अध्ययनसम्बन्धि कामलाग्दा जानकारीहरु प्रस्तुत गर्दै आएका छौँ ।

अहिले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना* भाइरसका कारण मूलुक लकडाउन* छ । यस अवस्थामा घरमा बसेको फूर्सदको समयलाई सदुपयोग गर्दै आउनुस लोकसेवा तयारी गरौँ । अरु समयमा घरको काम अफिसको काम र अन्य ब्यस्तताले चाहेर पनि पढ्न नपाएको हुनसक्छ यो मौकामा अलिकति भए पनि पढौँ ।

अरु बेला अफिसको काम वा अन्य झमेलाहरुका कारण पढ्न नपाइएको पनि धेरैको गुनासो होला यही हो मौका पढौ एकछिन् भए पनि लोकसेवा परीक्षामा सबैखाले परीक्षाको लागि उपयोगी हुने बस्तुगत तथा विषयत प्रश्नहरुको संगालो हामीले लामो समयदेखि पोष्ट गर्दै आएका छौँ । तपाई हाम्रा पूराना कन्टेन्ट यहाँ क्लिक गरेर हेर्न सक्नुहुन्छ ।

हाम्रो प्रयास् कस्तो लागेको छ अध्ययन गरिसकेपछि प्रतिक्रिया पनि दिन नभुल्नुहोला । तपाई हामीलाई सामाजिक सञ्जाल फेसबुकयुट्युव र ट्वीटरमा पनि फलो गर्न सक्नुहुन्छ ।

 वस्तुगत प्रश्नोत्तर
– देउकी प्रथाको मुख्य केन्द्रविन्दु रहेको ठाउँ कुन हो ? मेलौली, बैतडी
– ग्रामीण क्षेत्रका काम गरेवापत् दलित समुदायले ज्यालाका रूपमा नगद नभई बाली लिने चलनलाई के भनिन्छ ? बालीघरे
– बिना पारिश्रमिक आम जनताबाट लिने सेवा वा श्रमलाई के भनिन्छ ? झारा प्रथा
– कमैयाले साहुलाई तिर्ने ऋणलाई के भनिन्छ ? सौकी
– रजश्वला भएको बेलामा महिलाहरूले घरबाट टाढा गाठेमा गर्इ जीवन व्यतित गर्नुपर्ने पथ्रालाई के भनिन्छ ? छाउपडी प्रथा
– शेर्पा समुदायकी माहिली छोरीलाई बौद्ध गुम्बाहरूमा गुम्बाको हेरचाह वा रेखदेख गर्नको लागि चढाउने प्रथालाई कस्तो प्रथा भनिन्छ ? झुमा प्रथा
– गरीबहरूलाई बन्धक राख्ने प्रथालाई के भनिन्छ ? बाधा प्रथा
– छाउपडी प्रथाको मुख्य केन्द्रविन्दु कुन जिल्लालाई मानिन्छ ? अछाम
– डंगुवा प्रथा कुन जातिमा प्रचलित प्रथा हो ? राजवंशी
– लोग्ने बितेकी विधवा महिलाले नाता नपर्ने पर–पुरुषलाई लोग्ने जस्तै बनाएर रातीको समयमा घुम्टो ओडाएर आफुसँगै राख्ने चलनलाई के भनिन्छ ? डंगुवा प्रथा

– सैरली प्रथा देहायको मध्ये कुन जिल्लामा बढी प्रचलित छ ? सुर्खेत
– सैरली प्रथा कस्तो प्रथा हो ? युवकको निमन्त्रणामा युवती घुम्न जाने
– दुलाहा नै दुलहीको घरमा बस्नुपर्ने तथा दुलहीको थर, गोत्रमा दुलाहाको थर परिवर्तन हुने प्रथालाई के भनिन्छ ? डोलाजी प्रथा

– झुमा हुनको लागि परिवारमा कुन छोरी हुनुपर्छ ? माइली
– झगडा मिलाउने मध्यस्थकर्तालाई भेडा काटेर ख्वाउने तथा घर फर्कदा घोडामा चढाएर फर्काउनु पर्ने घोडाभेडा प्रथा कुन जिल्लामा बढी प्रचलित छ ? मुगु
– सामाजिक सुधारक राजा भनेर चिनिने राजा रामशाहले कतिवटा थिति बसालेका थिए ? २६ वटा
– भाउजु तथा सानीमा ब्यर्होने प्रथाको अन्त्य कसले गरेका हुन् ? भीमसेन थापा
– आफ्नो जमिन वा धनसम्पत्ति साहु कहाँ वन्धक राखी ऋण लिने र सो ऋण कट्टी नहुञ्जेल साहुकहाँ बसी काम गर्नुपर्ने प्रथालाई के भनिन्छ ? कमैया र बाधा प्रथा

– नयाँ अन्न सेवन गर्ने परम्परागत प्रथालाई के भनिन्छ ? न्वागी
– देउकी प्रथा कस्तो प्रथा हो ? अवोध कन्या देवी देवताको सेवा गर्न चढाउने प्रथा
– हिन्दु समाजमा जातीय व्यवस्था अंगाल्ने प्रथा कसले शुरु गरेको मानिन्छ ? मनु
– नवविवाहित नारीले आगोमा पोलिएर आफ्नो यौन शुद्धता र कौमार्यको परीक्षण गर्नुपर्ने प्रचलनलाई के भनिन्छ ? मधुश्रावणी पर्व

– विशेषतः मैथली समुदायमा दिदी बहिनीहरूले आफ्ना दाजु भाइको सुख समृद्धी र दिर्घायुको कामना गर्दै मनाइने पर्वलाई के भनिन्छ ? सामा चकेवा पर्व
– धागो बाँधेर आएको चिठ्ठीले केको संकेत गर्दछ ? मृत्यु
– ज्वाईलाई ससुरातर्फको थर र गोत्र दिई ससुरालीमा नै घरजम गर्न दिने प्रथालाई खस राज्य कालमा के भनिन्थ्यो ? घर हाल्ने प्रथा

– मुर्दा जलाउन लैजाँदा बाटोमा फालिने पैसालाई के भनिन्छ ? टिला
– धर्मपुत्र पुत्री र निजलाई राख्ने बाबुआमाको उमेरबीच कति वर्षको फरक हुनुपर्दछ ? ३० वर्ष
– “मोहरम” पर्व नेपालको कुन समुदायमा मनाइन्छ ? इस्लाम
– देउकी प्रथा कस्तो प्रथा हो ? अवोध कन्या देवी देवताको सेवा गर्न चढाउने प्रथा
– भाद्र शुक्ल तृतीयामा हरितालिका तिज, भाद्र कृष्ण प्रतिपदामा गाईजात्रा, भाद्र कृष्ण अष्टमीमा श्रीकृष्ण जन्माष्टमी मनाइन्छ भने श्रावण शुक्ल पूर्णिमामा कुन चाड मनाइन्छ ? जनैपूर्णिमा

– गाईजात्रा कुन तिथिमा पर्दछ ? भाद्र कृष्ण प्रतिपदा
– “गाईजात्रा”लाई नेपाल भाषामा के भनिन्छ ? सापारू
– इन्द्र जात्रा कहिले मनाइन्छ ? श्रावण शुक्ल चर्तुदशी
– हाँस्यब्यङ्गय उत्सव भनेर कुन पर्वलाई चिनिन्छ ? गाईजात्रा
– इन्द्रजात्राको समयमा गरिने कुमारी जात्राको प्रचलन कुन राजाले चलाएका हुन् ? जयप्रकाश मल्ल
– नेपालको इन्द्रायणी जात्रा कहाँ मनाइन्छ ? कीर्तिपुर (२०६९, लो.से.आ.)
– १५/१५ दिनमा पुजारी परिवर्तन भइरहने नेपालको एकमात्र मन्दिर कुन हो ? रातो मछिन्द्रनाथको मन्दिर
– इन्द्रजात्राको समयमा गरिने कुमारी जात्राको प्रचलन कुन राजाले चलाएका हुन् ? जय प्रकाश मल्ल
– ‘सावनकी डोला’ नामक पर्व कुन समुदायका महिलाले साउनको एक महिनासम्म मनाउने पर्व हो ? रानाथारू
– ‘इन्द्रजात्रा’ को समयमा कसको रथयात्रा गराइन्छ ?
क) गणेश ख) भैरव ग) कुमारी घ) माथिका सबै

– दशैं नमनाउने डंगोल र महर्जन थरका नेवारहरूले विजया दशमी शुरू हुने चतुर्थीदेखि फुलपातीसम्म ललितपुरको कुन स्थानमा “सिकाली जात्रा” मनाउने गर्दछन् ? खोकना
– दू दू च्याँ च्याँ विजेश्वरी जात्रा नेपालको कुन धार्मिक क्षेत्रमा लाग्ने मेला हो ? पशुपति क्षेत्र
– “रिम्पुदिनी” नाच कुन जातिको प्रशिद्ध नाच हो ? शेर्पा
– “लाखेनाच” मूलतः कसले नाच्ने गर्दछ ? नेवार

– हातमा थाल र थालमा चामल समेत राखेर मगर र छन्त्याल जातिले नाच्ने गरेको “थाली नाच” मूलतःकुन जिल्लाबाट शुरू भएको मानिन्छ ? म्याग्दी
– छोक्रा नाच कुन समुदायको नाच हो ? थारू
– नेपालको पूर्वी क्षेत्रमा प्रचलित हुर्रा नाच कुन समुदायले नाच्ने गर्छन ? लिम्वु
– वडादशैं आसपास “साखिया नाच” कसले नाच्ने गर्दछ ? पश्चिम तराईका थारू
– “शिली” कुन नाच नाच्ने कलासँग सम्बन्धित छ ? चण्डी नाच

– महिला हिंसासँग सम्बन्धित कमलरी प्रथा कुन जातिमा प्रचलित कुप्रथा हो ? थारु जाति (२०६८, लो.से.आ.)

-साभार फेयर नेपाल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार