लकडाउनमा लाेकसेवा तयारी : खरिदारका लागि अति उपयाेगी वस्तुगत प्रश्नउत्तर

  नयाँ बुलन्द  106 पटक हेरिएको

काठमाडौँ : कोरोना भाइरसको विश्वब्यापी महामारीको चपेटामा अहिले नेपाल पनि परेको छ । कोरोना भाइरस फैलिन नदिन देश अहिले लकडाउन गरिएको छ । जसका कारण घरमै बस्नुपर्ने बाध्यता छ । तर घरमा बसेको खाली समयको सदुपयोग गर्दै अर्थपूर्ण काम पनि त गर्न सकिन्छ । आउनुस घरको समयलाई सदुपयोग गर्दै लकडाउनमा लोकसेवा तयारी गरौँ ।

अरु बेला अफिसको काम वा अन्य झमेलाहरुका कारण पढ्न नपाइएको पनि धेरैको गुनासो होला यही हो मौका पढौ एकछिन् भए पनि लोकसेवा परीक्षामा सबैखाले परीक्षाको लागि उपयोगी हुने बस्तुगत तथा विषयत प्रश्नहरुको संगालो हामीले लामो समयदेखि पोष्ट गर्दै आएका छौँ तपाई हाम्रा पूराना कन्टेन्ट यहाँ क्लिक गरेर हेर्न सक्नुहुन्छ ।

आज हामीले यहाँ खरिदार तथा नासु र अन्य तहको परीक्षाका लागि उपयोगि हुने ४५ प्रश्नउत्तर प्रस्तुत गरेका छौँ । तपाई हामीलाई सामाजिक सञ्जाल फेसबुकयुट्युव र ट्वीटरमा पनि फलो गर्न सक्नुहुन्छ ।

१) हरियो ग्रहका नामले कुन ग्रहलाई चिनिन्छ ?
उत्तर:- अरुण

२) नेपालको दोस्रो तथा विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंगा हिमालको उचाई कति छ ?
उत्तर:- ८५८६ मिटर

३) म्याग्नाकार्टाको परिणम स्वरुप प्रचलनमा आएको रिट कुन हो ?
उत्तर:- बन्दी प्रत्यक्षीकरण

४) द्रव्य शाहले गोर्खा जित्नु अगाडि त्यहाँ कुन जातका राजा थिए ?
उत्तर:- खड्का

५) नेपाली भाषाका प्रथम कवि कसलाई मानिन्छ ?
उत्तर:- सुवानन्द दास

६) विकासका दृष्टिकोणले नेपाललाई कस्तो मुलुकका रुपमा चिनिन्छ ?
उत्तर:- अल्प विकसित

७) विद्युतका पिता भनेर कसलाई भनिन्छ ?
उत्तर:- माईकल फराडे

८) धरानलाई कुन सिटीको नामले समेत विकसित गरिएको छ ?
उत्तर:- साईकल

९) वि.स. २००७ को राजनीतिक परिवर्तन हुनु अगाडि नेपालको कति वटा राष्ट्रसँग दौत्य सम्बन्ध कायम भएको थियो ?
उत्तर:- ४ (बेलायत,अमेरिका,भारत र चीन)

१०) नेपाल सरकारले राष्ट्रिय दिवस कहिले मनाउने गरेको छ ?
उत्तर:- हरेक बर्ष मे २८

११) अंशको पर्यायवाची शब्द भाग हुन्छ भने विपरीतार्थी शब्द के हुन्छ ?
उत्तर:- पूर्णता

१२) १, ४, ९, १६, २५ र ३६ पछि के राख्दा उपयुक्त हुन्छ होला ?
उत्तर:- ४९

१३) विषमताको महादेश भनेर कुन महादेशलाई चिनिन्छ ?
उत्तर:- एसिया

१४) गुरुत्वाकर्षण पत्ता लगाउने बैत्रानिक को हुन् ?
उत्तर:- सर आईज्याक न्यूटन

१५) विश्वको पहिलो बोल्ने रोबोट अन्तरिक्ष यात्री कुन हो ?
उत्तर:- किरोवा

१६) वि.स. २०७२ पुस ६ मा राजधानीमा सम्पन्न L.G. सातौं डी सिने अवार्डमा सर्वोत्कृष्ट चलचित्रको उपाधि कुन चलचित्रले प्राप्त गर्यो?
उत्तर:- नोभेम्वर रेन

१७) बायु प्रदुषण उच्च भए पछि बेइजिङमा कहिलेबाट विद्यालयहरु बन्द भए?
उत्तर:- 7 Dec, 2015

१८) राष्ट्रिय सदाचार, सदाचार सम्मान-२०७२ बाट कसलाई सम्मानित गरियो?
उत्तर:- डा.गोविन्द के.सी.

१९) Go Go foundation (Good Governace) पुरस्कार-२०७२ कसलाई प्रदान गरियो ?
-डा. भगवान कोइराला

२०) नेपालमा सरकारी कामकाजका लागि डिजिटल हस्ताक्षरको सुरुवात कहिलेबाट भयो?
उत्तर:- २०७२ मंसिर १६ गते

२१) रु.२ लाख राशीको विज्ञान तथा प्रविधि पुरस्कार-२०७२ कसलाई प्रदान गरियो ?
उत्तर:- डा. छविलाल गजुरेल

२२) नेपालमा विकास सहायता नीति कहिले जारी भयो?
२०७१/०२/०३

२३) फोब्स पत्रिकाले वर्ष व्यक्ति-२०१५ कसलाई घोषणा गर्योा?
उत्तर:- जर्मन चाल्सलर एन्जेला मर्केल

२४) CNN Hero-2015 बाट सम्मानित व्यक्ति को हुन्?
उत्तर:- म्यागी डोयन, (अमेरिका)

२५) टेष्ट क्रिकेटको इतिहासमा पहिलो पटक पिक बलमा डे/नाइट टेष्ट कहिले र कहाँ खेलियो?
उत्तर:- नोभेम्वर २७, २०१५ (अष्ट्रेलियाको एडिलेडमा Aus vs NZ)

२६) युवा तथा खेलकुद मन्त्रालयका अनुसार हाल नेपालमा स्नातक युवा बेरोजगारी कति रहेको छ?
उत्तर:- २६.१५ प्रतिशत

२७) रुसी विमान इजिप्टमा कहिले ISIS ले खसाल्दा २२४ यात्रीको ज्यान गयो ?
उत्तर:- अक्टोबरउत्तर:- ३१, २०१५

२८) ISIS ले कहिले फ्रान्समा निन्दनीय आक्रमण गरी १३० भन्दा बढीको ज्यान लियो?
उत्तर:- नोबेम्वर १३, २०१५

२९) बैंक अफ दि इयर-२०१५ बाट सम्मानित हुने बैंक कुन हो?
उत्तर:- स्टान्डर्ड चार्टर बैंक

३०) अर्थ मन्त्री बिष्णु पौडेलले कहिले आर्थिक श्वेत पत्र जारी गरे ?
उत्तर:- २०७२/०८/०८ (२% आर्थिक वृद्धीदर खस्कने अनुमान)

३१) नेपाल सरकारले आ.व. २०७२/०७३ को मौद्रीक नीति कहिले सार्वजनिक गर्यो?
उत्तर:- २०७२ श्रावण ७

३२) भुकम्प पछिको पुन: निर्माणका लागि नेपाल सरकारले अन्तराष्ट्रिय सम्मेलन कहिले गर्यो ?
उत्तर:- २०७२ असार १०

३३) नेपाल सरकारले २० वर्षे कृषि विकास रणनीति कहिले सार्वजनिक गर्यो?
उत्तर:- २०७२ मंसिर ४ गते

३४) एभरेष्ट ट्रायल रेस अन्तराष्ट्रिय म्याराथुन-२०७२ को उपाधी कसले जित्यो?
उत्तर:- नेपाली सेनाका भीम बहादुर गुरुंङ

३५) उप- राष्ट्रपतिमा नन्द बहादुर पुन कहिले निर्वाचित हुनुभयो?
उत्तर:- २०७२।०७।१४ गते

३६) राष्ट्रपतिमा विद्या देवी भण्डारी कहिले निर्वाचित हुनु भयो?
-२०७२/०७/११

३७) ओन्सारी घर्ति कहिले सभामुखमा निर्वाचित भइन?
-२०७२/०६/२९

३८) नेपालको संविधान २०७२ को घोषणा कहिले भयो?
-२०७२/०६/०३

३९) के.पि. शर्मा वली नेपालको ३८ औ प्र.म.को रुपमा कहिले निर्वाचित भएका थिए ?
-२०७२/०६/३

४०) कर प्रणाली सुधार आयोगको गठन कहिले भयो?
-२०७१ कार्तिक ३०

४१) स्वामी प्रपन्नचार्यको ९२ वर्षको उमेरमा निधन कहिले भयो?
-२०७२/०५/०४

४२) भारतिय ११ औ राष्ट्रपति APJ अब्दुल कलामको निधन कहिले भयो?
उत्तर:- २०१५, जुलाई २७

४३) डा. सोमलाल सुवेदी नेपालको २१ औ मुख्य सचिवमा कहिले नियुक्त भए?
उत्तर:- २०७२ श्रावण २०

४४) राजनितिज्ञ एवं साहित्यकार राजेश्वर देवकोटाको निधन कहिले भयो?
उत्तर:- २०७२ श्रावण २५

४५) फुटबल को सर्वोच्च संस्था FIFA ले आर्थिक चलखेल गरेको भन्दै पूर्व अध्यक्ष लाई ८ बर्षको फुटबल मा प्रतिवन्ध लगाएको छ उनको नाम केहो? उत्तर:- सेप बलाटर

-साभार फेयर नेपाल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार