इलामको मकै खेतीमा फौजी किराको प्रकोपले किसान चिन्तित

  नयाँ बुलन्द  211 पटक हेरिएको

इलाम : इलामका किसानले लगाएको मकैबालीमा फौजी किराको प्रकोप बन्दै गएको छ ।

इलामको माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिका सहितअन्य पालिकाका मकैबारीमा धमाधम किराको प्रकोप देखा परेको हो । किसानले लगाएको मकैबालीमा यो किराको प्रकोप देखा परेको हो ।

किराको प्रकोपबाट मकै बारीमै मर्न थालेपछि किसान चिन्तित भएका छन् । किराले मकैको पात र गुबो खाएर मार्ने गरेको छ ।

अमेरिकन मिचाह जातको फौजी किराले छोटो समयमा ठूलो क्षति पुर्याएपछि नियन्त्रणमा चुनौती देखिएको छ ।

‘केही दिन अगाडि निरन्तर वर्षासँगै असिना परेर मकैको पात च्यातेकको थियो । त्यस पछि लगतै पातमा सेतो देखिन थाल्यो । आजभोलि झन गुबो खाएर बोट मर्न थालेको छ’ फाकफोकथूम-२, धार्नेखोप का दिपक पौड्यालले भने ।

मकै खेतीमा रोग फैलिन थालेकाले बेलैमा नियन्त्रणका लागि कदम नचाले उत्पाद शुन्य हुने साथै बिउको समेत अभाव हुने आशँका बढेको किसानहरु बताउँछन् ।

गत वर्ष यस पालिकाका केही वडामा यस किसिमको समस्या देखिए तापनि न्यून क्षति भएको र यस वर्ष समस्या आएमा कृषकले सम्बन्धित वडा मार्फत तत्काल पालिकाको कृषि शाखामा जानकारी गराउँन आग्रह गरिएको फाकफोकथुम कृषि शाखा प्रमुख बशन्त भट्टराइले जनाए ।

यो साल पनि मकै बालीमा किराको महामारी देखा पर्न थालेको किसानले समस्या बताए सगैँ यसको रोकथाम तथा नियन्त्रणको लागि प्राविधिकद्धारा आवश्यक परामर्श सहित किराको प्रकोप क्षेत्रमा एकैपटक जैविक विषादी छर्कर्ने तयारी भएको उनको भनाइ छ ।

जिल्लामा किसानले लगाएको मकैबालीमा खडेरी र फौजी किराको प्रकोपका कारण वर्षेनी उत्पादन घट्दै गएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार