कोरोेना भाईरस ? (कबिता)

  कुबेर निरौला
0 Shares

यो कस्तो एकान्त बास होकी
गुप्त बास हो, उकुस मुकुस की नीरास हो ।
मान्छे मान्छे बिचको सन्त्रास हो ।
कोरोना भाइरस माहामारी नै हो की ?

विश्वका मान्छे मात्रका लागि काहाली लाग्दो
अदृश्य भयाभयको माहामारी हो ।
पसिना बगाएर माटोमा निरन्तर
बिहान बेलुकाका लागी
छाक टार्नेहरुका लागि कोरोना
भोक नै काल बनेर आएको छ ।

आफन्तहरुको बियोगमा आखामा पोखरी जमेको छ ।
को सन्चो बिसन्चो अन्योल थपिदै गएको छ
अब के हुने हो भन्ने भयले थिचि नै रहेको छ ।

यो कस्तो भाइरस कोरोना रहेछ
न बन्दुकले नै मार्न सकिन्छ न बम र बारुदलै नै
न मिसाइल नै फयाक्न सकिन्छ
न भेटनै र देख्नै सकिन्छ यो कस्तो अपराधी मूर्दो पो रहेछ ।

यो भाइरसले लाखौ लाख मान्छे खाई रहेछ
मान्छेलाइ एकान्त बास बस्न बाध्य बनाइ नै रहेछ
मान्छे मान्छेको मिलनलाई पराई बनाई रहेछ
यो कस्तो अचम्मको ज्यानमारा कोरोना भाईरस पो रहेछ ।
मान्छेको मुखमा बोल्लास भनेर माक्स रुपी महला भिराई रहेछ ।

मान्छे मान्छेको दृरी बढाई रहेछ
यो कस्तो अपराधी ज्यानमारा पापी रहेछ
यस्को अन्त्यका लागि हररात चिकित्सकहरु अग्रपंक्तिमा
ज्यानको बाजी थापेर अनि जाहान परिवार घरमानै थुनेर
आफु अदृश्य माहामारी सग कुस्ती खेलि रहेछन्
परिवार जन सबै सास्ती जेली रहेछन् ।

सुरक्षाकर्मिहरु बाटो बाटोमा सचेतना थप्दै सचेत बनाई रहेछन्
तथापि मान्छेहरु भोक र त्रासका मारे पाईला लम्काई रहेछन्
मान्छे यताका यतै उताका उतै डर त्रास र भयले छटपटाई रहेछन्
अब के हृने हो भगवान् भन्दै छटपटीमा आर्तनाद गाई रहेछन्

मान्छे मात्रकोे होश हराएको छ
जागर सकिएको छ
आवत जावतमा रोक लागेको छ
ओठ सुकेको छ
मुटुको धड्कन झनझन् बढेको छ
जता ततै कोरोना भाईरस सन्त्रास फैलिएको छ
विचरणमा रमाउने मान्छे

बन्दा बन्दिमा गुप्तबास झै एकान्तमा एकान्तीएको छ
अन्धकार रअन्योलमा जसोतसो जीउने प्रयास खोजि रहेको छ
अन्तत यो माहामारीको अन्त्य छिटै होस
चिकित्सकको प्रयास सफल बनोस
ति चिकित्सकहरु र सृरक्षाकर्मिहरु प्रति सम्मान र सलाम छ

कोरोना भाईरस तेरो नासका निम्ति यहा शक्तिशाली लगाम छ ।
कोरोना नियन्त्रण र सुरक्षामा खटिएका प्रति गतिलो सम्मान छ ।
यस अबस्थामा पनि कमाउनै खोज्ने बरिष्ट प्रति अति नै खेद छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार