‘लकडाउन’ र कोरोना भाइरस के हो थाहा छैन ? ‘काम गर्न नदिएको देखेर आश्चर्यमा परेको छु’, छाक कसरी टार्ने ? (भिडियो सहित)

ईलाम : कोराना भाइरसको संक्रमणबाट विश्वका हजारौ मानिसहरुले ज्यान गुमाइसक्दापनि कतिपयलाई कोरोना बारेमा जानकारी नै छैन ।

तर उनीहरुलाई देश लकडाउन भएपछि दैनिकी चलाउनका लागि काम गर्न नपाएको गुनासो छ ।

इलामको माइखोलामा ४५ वर्षदेखि एक्लो जीवन बिताइरहेका दोर्जे तामाङलाई अहिलेसम्म कोरोना भाइरसबारे जानकारी छैन ।

देशमा के भइरहेको छ उनलाई केही थाहा छैन । बिहान बेलुका खान पाए उनी सारै खुसी हुन्छन् ।

महामारीको रुपमा फैलिएको कोरोनाबारे थाहा छैन र उनलाई त्रास पनि छैन । पुख्र्यौली घर संखुवासभा बताउने दोर्जेलाई त्यहाँ रहेका सन्तानहरु अहिले कहाँ छन् जानकारी छैन ।

साथमा कोही नभएका उनी पाको शरीर थर्थर काम्दै भएपनि बिहान–बेलुकाको छाक टार्न काममा तल्लिन हुन्छन् । उनलाई काम गरेर बिहान बेलुकाको छाक टार्न पाए सन्तुष्टि मिल्छ ।

केही हप्ता अघिदेखि खोलामा बालुवा र गिटिको काम गर्न नपाएपछि उनलाई आश्चर्य लागेको छ । काम गर्न नपाउनुको कारण समेत उनलाई थाहा छैन ।

काम गर्न नपाएपछि दोर्जेको दैनिकी दयनिय बनेको छ । दोर्जेलाई दयनीय देखेपछि इलाम गोलाखर्कका दिपेश अधिकारीले राहत दिएका छन् । राहत पाएपछि उनि खुसि देखिन्छन् ।

अधिकारीले बाँच्न पाउने अधिकार सबैको भएकाले कोहीपनि खान नपाएर मर्नु नपरोस भनेर राहत उपलब्ध गरेको बताए ।

घर–जग्गासमेत नभएका दोर्जेलाई ओत लाग्नका लागि स्थानीयले खोलाको बगरमा नै छाप्रो बनाइदिएका छन् ।

छाप्रोमा बसेर बालुवा गिटिमा जिवन खोज्ने दोर्जेलाई राज्यले नागरिकता समेत उपलब्ध गराएको छैन ।

जनप्रतिनिधि चुनिए, गाउँगाउँमा सिंहदरबार पुगेको बताउने सरकारले यस्ता ब्यक्तिको उद्धार त के खोजीसम्म गरेको छैन ।

हेर्नुहोस् भिडियो : 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार