ताप्लेजुङमा स्काभेटर पल्टिँदा चालकको मृत्यु

  नयाँ बुलन्द
0 Shares

ताप्लेजुङ : उत्तर दक्षिण ओलाङचुङगोला लोकमार्ग अन्तर्गत ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा सडक निर्माणका क्रममा स्काभेटर मेसिन पल्टिँदा चालकको ज्यान गएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–३ का २७ वर्षिय चित्रकुमार गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । आईतबार सडक खन्ने क्रममा माथीबाट एक्कासी झरेको ढुंगाले मेसिनमा लागेको र ढुंगासँगै मेसिन पल्टिएको थियो ।

मेसिन संगै झरेका गुरुङको घटनास्थलमा नै ज्यान गएको जनाईएको छ । घटना स्थलमा प्रहरीको टोली गएको छ भने मृतकको शव आजै ल्याई पोष्टमार्टम गरिने ताप्लेजुङ प्रहरी प्रमुख ज्ञानेन्द्र फुयाँलले जानकारी दिए । घटना स्थल सदरमुकाम फुङलिङबाट एक दिनको पैदल दुरीमा पर्छ । मानव बस्ती भन्दा टाढा र एकान्त सो क्षेत्रमा सदरमुकाम फुङलिङबाट ओलाङचुङगोला तर्फ जोड्ने सडकको निर्माण कार्य भईरहेको थियो ।

काठमाण्डौको एलाईट कम्पनीले सडक विस्तारको कार्य गरिरहेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार