तेजबहादुर सिवाकोटीद्वारा ६ थान पीपीई सहयोग

  नयाँ बुलन्द
0 Shares

फाकफोकथुम : इलामको फाकफोकथुम-६ मेतालुङ स्थायी घर भई इलाम बजारमा सिवाकोटि सप्लाएर्स संचालन गर्दै आएका तेजबहादुर सिवाकोटीले ६ थान पर्सनल प्रोटेक्टिभ इक्युमेन्ट (पीपीई) सहयोग गरेका छ्न ।

विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमणको रोकथाम र नियन्त्रणमा निरन्तर लाग्नु पर्ने स्वास्थ्य कर्मी र सुरक्षा कर्मीका निम्ति सिवाकोटीले फाकफोकथुम-७ स्थित एजतप्पा प्रहरी चौकिमामा २ र एकतप्पा प्रहरी चौकीमा २ र वडा नम्बर ६ वडा स्थित सामुदायिक स्वास्थ्य इकाइ पोखरीमा २ थान पीपीइ सहयोग गरेका हुन् ।

स्वास्थ्यकर्मी एवं प्रहरीलाई अत्यावश्यक रहेको पीपीई ७ नम्बर वडाध्यक्ष लोकबहादुर थापा, ६ नम्बर वडाध्यक्ष डिकबहादुर थापा, एकतप्पा प्रहरी चौकी इन्चार्ज नरबहादुर थाम्सुहाङ र एकतप्पा स्वास्थ्य चौकीका अहेब लक्ष्मी श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार