नेपालमा कोरोना संक्रमित थप ३ जना फेला परे, संक्रमितको संख्या ९ पुग्यो

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड १९) का नयाँ ३ जना संक्रमित फेला परेका छन् ।

संक्रमितको पछिल्लो विवरण नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारिक फेसबुक पेज Ministry of Health and Population-Nepal बाट सार्वजनिक गरिएको छ ।

संक्रमितहरुमा भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीको ३४ वर्षीय एक महिला रहेका छन् ।

संक्रमितमध्ये ३४ वर्षीय महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त रहेको जनाइएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार