फाकफोकथुम-७ वडाध्यक्ष थापाद्वारा खाद्यान्‍न विवरण

  नयाँ बुलन्द  220 पटक हेरिएको

फाकफोकथुम :  इलामको फाकफोकथुम गाउँपालिका ७ का वडाअध्यक्ष लोकबहादुर थापाले खाद्यान्न सामाग्री वितरण गरेका छन् ।

कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमणको रोकथाम र नियन्त्रणको निम्ति लकडाउन गरेसँगै मजदुरलाई खाद्यान्न अभाव हुन थालेपछि अध्यक्ष थापाले खाद्यान्न सामग्री वितरण गरेका हुन् ।

लगडाउनमा मजदुरी गर्न नपाएर खाद्यान्न अभाव भएका १३ घर परिवारलाइ थापाले व्यक्तिगत रुपमा चामल, दाल, तेल र नुन विवरण गरेका हुन् ।

फाकफोकथुम सरोकार समाज इलामका सचिव एवं सामाजिक अभियान्ता प्रकाश परियार, रेडक्रस कर्मी यामप्रसाद घिमिरे लगायतको उपस्तिथिमा खाध्य सामाग्री वितरण गरिएको थियो ।

गाउँपालिका मार्फत वितरण गर्न तत्काल विवरण संकलन भइरहेको र सामाग्री वाडामा आइपुग्न केही दिन लाग्ने भएकोले ज्याला मजदुरी गर्नेलाइ हात मुख जोडनै समस्या भएकोले खाध्यन्न वितरण गरिएको हो ।

खाध्यन्न सामाग्री वितरण सगै लक डाउन पालना गर्न र कोरोना भाइरस बाट बच्न जानकारी समेत गराइएको थियो ।

खाध्यान्न सामाग्री लिनेहरुमा दैनिक ज्याला मदजुर गर्ने स्रमिक एवं अति विपन्न ७ वडा निवासि नागरिकहरु पुस्पा पौडेल, रामचन्द्र चौधरी, गौरिमान लिम्बू, गैरिगरे साइली दिदी, सेर सिंह लिम्बू, सावित्रा पौडेल, सीता तोलाङी, जित बहादुर श्रेष्ठ, विमला राइ, राजकुमार श्रेष्ठ, बुद्दिमान राइ, इन्दिरा श्रेष्ठ र तिल बहादुर राइ रहेका छ्न ।

१३ घर परिवारलाइ सिकारीभन्याङ वितरण गरिएको थियो भने भोलि अति विपन्न र ज्याला मददुरी गर्नेलाइ छनोट गरि दोकान डाँडा र रुपटारमा समेत व्यक्तिगत रुपमा खाध्यन्न सहयोग गर्ने वडाध्यक्ष थापाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार