मोरङ्गका भुटानी शरणार्थीहरु समस्यामा

  अर्जून काफ्ले
0 Shares

पथरी : कोरना भाइरस संक्रमण फैलने त्रास वडेको भन्दै सरकारले ९ दिन देखि गरेको ‘लकडाउन’का कारण मोरङ्गको पथरीशनिश्चरेमा रहेका भुटानी शरणार्थी समस्यामा परेका छन् । दाताले राशन वन्द गरेसंगै श्रम गरेर खादै आएका उनीहरुलाई विहान वेलुका छाक जोडन समस्या भएको हो ।

दैनिक ज्यालादारी गर्दै आएका शरणार्थी विकाश तामाङका अनुसार दैनिक श्रम गरेर ल्याएको पैसाले जिवन धान्दै आएका शरणार्थीलाई ‘लकडाउन’ले समस्या थपेको छ । उनले भने ‘अहिले शरणार्थीलाई निक्कै समस्या भएको छ’ उनले भने ‘यस वारेमा सरकार गभ्भिर हुनु पर्छ नत्र शिवीरमा भोकमारी आउन सक्छ’। उनी पनि दैनिक ज्यालादारी गर्दै आएका छन् ।

शरणार्थी शिवीरमा दाताले दिदै आएको सुविधा कटौती गरेपछि त्यहा रहेका शरणार्थीहरु श्रमका लागी शिवीर वाहिर जाने गरेका छन् । उनीहरुलाई लुथरन विश्व फेडरेशनले खाद्यान्न र आम्दा नेपालले स्वास्थ्य र क्यारीतास नेपालले शिक्षामा सहयोग गर्दै आइरहेको थियो । शरणार्थीहरुलाई खाद्यान्न वितरण गत वर्षको मार्चदेखि पूर्णरुपमा बन्द गरिएको छ । खाद्यान्न वितरण वन्द संगै शरणार्थीहरु श्रमका लागी शिविर वाहिर जादै आएका थिए ।

तेस्रो देश पुर्नवासमा नगएका शरणार्थीहरुलाई अहिले झापाको वेलडागी र मोरङको पथरीशनिश्चरेमा राखिएको छ । पथरीशनिश्चरे शरणार्थी शिवीरमा १हजार ४सय ५० जना भुटानी शरणार्थी रहेका छन् । कुनै वेला ५० हजार भन्दा वडि संख्यामा रहेका उनीहरुलाई हाल ४ सेक्टरमा गरि ४५० छाप्रामा वसोवास गर्दै आइरहेका छन् । शिबिरमा रहेका अधिकांश शरणार्थीहरु स्वदेश (भुटान) फिर्न माग राख्दै आएका छन् । सोहि कारण उनीहरु तेश्रो देश नगइ भुटानी शरणार्थी शिवीरमा रहदै आएका छन् ।

केहि शरणार्थी कागजपत्र नमिलेका कारण तेश्रो देश जान पाएका छैनन् भने केहि अपराधीक कृयाकलापमा रहेको आरोपमा यहि रहदै आएका छन् । तेश्रो देश पुनस्थापना तथा प्रमाणीकरण भने २०१७ वटै रोकिएको शनिश्चरे शिवीर व्यावस्थापन समितीका सचिव चम्पासिंह राईले वताए ।
शिवीरमा भोकमारी वड्ने त्रास त छ त्यो वाहेक कोरनाको संक्रमण फैलने जोखीम पनि वडेको सचिव राईले वताए । वाक्लो वस्तीमा वसेका उनीहरुले सामुहिक धारा प्रयोग गर्दै आएका छन् ।‘धारामा आउने पानी लिन विहान वेलुका जम्मा हुनु पर्ने वाध्यता छ त्यसमाथी शिबिरभित्र मास्क, साबुन र सेनिटाइजर कसैले वितरण नगरेको कारण कोरोनाभाइरसको जोखिम रहेको छ’ राईले भने ।
त्यसो त शिवीर भित्रका नियमित औषधी प्रयोग गर्दै आएका भुटानी शरणार्थी शिबिरका दीर्घरोगीहरुलाई औषधी लिन जान नै समस्या भएको छ ।
शिबिरमा प्रेसर, सुगर, मुटु रोग र डिप्रेशन जस्ता रोगहरुको नियमित औषधि प्रयोग गर्ने बिरामी ३५ जना रहेका छन् । उनीहरुको स्वास्थ्य विमा अनुसार निःशुल्क औषधी पाउँछन् ।

भुटान सरकारले नेपाली मूलका मानिसलाई राजनीति कारण दुर्व्यवहार गर्न थालेपछि भारतको बाटो हुँदै नेपाल आएर शरणार्थीको रुपमा बस्दै आएका हुन् । शरणार्थीलाई झापाका ६ र मोरङका एक गरि सात वटा शिवीरमा राखिएको थियो । तेश्रो देश पुर्नस्थापना संगै शिवीरको संख्या घटाएर २ वनाइएको छ । दुई शरणार्थी शिविरमा सात हजार ९५० शरणार्थी छन् ।

शरणार्थी सुविधा कटौती हुँदै गएपछि दुवै शिविरका प्रतिनिधिहरुले पहिलो मागको रुपमा स्वदेश फिर्तीलाई अघि सारेका छन् । त्यसो नभए नेपाल सरकारले नागरिकता दिएर स्थानीयकरण गरिनुपर्ने, एउटै परिवारका कोही अमेरिका र कोही नेपालमा रहेकाहरुलाई पुनर्मिलन गरिनुपर्ने, जनगणनामा छुटेर शरणार्थीको मान्यता नपाएकाहरुलाई पुनःगणना गरिनुपर्ने र शरणार्थी समस्याबारे कुनै न कुनै दिगो समाधान गरिनुपर्ने माग शरणार्थीको रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार