
इलाम : कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउनको प्रभाव इलाममा दिनप्रतिदिन प्रभावकारी बन्दै गएको छ । लकडाउनको शुरुका दुई दिनका तुलनामा आज छैटौ दिन इलाम ठप्प देखिएको छ । बिहान फाट्टफुट्ट निस्कनेलाई पनि यस अघिजस्तै सुरक्षाकर्मीले सम्झाएर फर्काउने गरेका छन् । छैटौ दिन आइतबार सम्पूर्ण यातायात, बजार तथा आवतजावत पूर्णतः बन्द भएको रहेको छ ।
यता जिल्ला प्रशासन कार्यालयले औषधि उपचार, खाद्यवस्तु खरिदलगायतका अत्यावश्यकीय काममा बाहेक कोही पनि व्यक्तिलाई लकडाउन अवधिभर घरबाट बाहिर ननिस्कन अनुरोध गरिएकोले हालसम्म सबैले आफ्नो आफ्नो क्षेत्रबाट सहयोग भइरएको प्रमुख जिल्ला अधिकारी तुलशी राम शेडाईले बताए ।
बजार क्षेत्रमा ब्लिचिङ पाउडर
विश्वब्यापी रुपमा फैलिएको कोभिड १९ कोराना भाईरसको सतर्कताको निम्ति लकडाउनको समयमा इलामको इलाम नगरपालिकाले बजार क्षेत्रमा ब्लिचिङ पाउडर छर्कन शुरु गरेको छ । कोरोना भाइरसको संभावित जोखिमलाई कम गर्न सदरमुकाम इलामको मुख्य बजार क्षेत्रमा ब्लिचिङ पाउडरलाइ झोल बनाएर छर्केएिको नगरपालिकाका प्रबक्ता ठाकुर नारायण श्रेष्ठले बताए ।
शुक्रबारबाट नगरपालिकाले सदरमुकाम इलामको मुख्य बजार क्षेत्र सहित आसपासका बजारमा काटीणु मार्नको निम्ति पाउडर छर्किएको श्रेष्ठको भनाई छ । नगरपालिकाको अगुवाइमा दमकल मार्फत ब्लिचिङ पाउडर अस्पताल क्षेत्र ,क्वारेन्टाईन निर्माण भएका स्थलहरु,भिडभाड हुने क्षेत्रमा छर्किएको र आवश्यकता अनुसार पाउडर छर्किने उनको भनाई छ ।



















































