इलाम अस्पतालमा समस्या

इलाम : कोरोनाको संक्रमण जाँच्न स्वास्थ्यकर्मीहरुका लागि आवश्यक व्यक्ति सुरक्षा सामग्री (पीपीई) पर्याप्त नहुँदा इलाम अस्पतालमा समस्या भएको छ । सरकारले अत्यावश्यकीय स्वास्थ्य उपकरण प्रदेश सरकार मार्फत तत्काल उपलब्ध गराउने भने पनि इलाम अस्पतालमा पीपीइ अभावले समस्या भएको छ ।

प्रदेश सरकारले (पीपीई) छ सेटमात्र पठाएको र त्यसले मात्र अस्पतालमा नपुग्ने भएपछि चेकजाँचमा समेत समस्या रहेको इलाम अस्पतालका प्रशासन शाखाका अधिकृत कुल प्रसाद देवानले बताए । अस्पतालमा ५० जना भन्दा बढी स्वास्थ्यकर्मि छन उनले भने “प्रदेश सरकारले पठाएको छ सेट (पीपीई) ले मात्र नहुने भएपछि इलाम अस्पतालले आन्तरीक रुपमा बनाउन लागेको बताए” । “अस्पतालमा अहिले बिरामीको खासै चाप छैन देवानले भने तर पनि अस्पतालमा आउने बिरामीको चेक जाँचका लागि चिकित्सकलाई स्वास्थ्य उपकरण विना समस्या हुने भएकोले आन्तरीक रुपमा सामान्य उपकरण निर्माण गरेर भएपछि समस्याको हल गर्न लागेका छौ ।”

दरवन्दी अनुसार छैनन चिकित्सक
इलाम अस्पतालमा १५ जना विषेशज्ञको दर्वन्दी छ तर हाल नौजना मात्र छन । त्यसमा पनि २ जना इन्टान्स सिपमा रहेका इलाम अस्पताल प्रशासनका अधिकृत कुलप्रसाद देवानले बताए । विषेशज्ञ मध्येमा दुईजना प्रसुति तथा महिला रोग विषेशज्ञ र एक जना एमडिजिपी कार्यरत छन् । हाल एमडिजिपिमा दुइजना इन्टान्स सिपमा पनि आएका छन । तीन जना मेडिकल अधिकृत, दुई जना डेन्टल कार्यरत छन् । एक जना मेसु छन उनले प्रसुति हेरिरहेका छन । रेडियोलोजिष्ट, अर्थेपेडिक्स, बाल रोग विज्ञ, जेनेरल फिजिसियन लगायतका विज्ञता भएका डाक्डर नहुँदा इलाम अस्पतालमा समस्या आईरहेको छ ।

न्युनतम सेवा प्रवाहमै कमजोर
इलाम जिल्ला अस्पताल न्युनतम सेवा प्रवाहमै कमजोर रहेको पाइएको छ । स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखाले अस्पतालको न्युनतम सेवा मापदण्ड लेखाजोखामा कमजोर पाइएको थियोे । न्युनतम सेवाको मूल्यांकनमा इलाम अस्पताले ६४ अंक प्राप्त गरेको छ । महाशाखाले अस्पतालको सुशासन, क्लिनिकल सर्भिस र सहयोगी कुराको व्यवस्थापनको लेखाजोखा गरेको थियो । सुशासन र सहयोगी कुराको लेखाजोखामा राम्रो अंक पाएपनि अस्पतालको क्लिनिकल सर्भिसमा थोरै अंक पाएको छ ।

इलामबाटै प्रतिनिधित्व गरेका झलनाथ खनाल प्रधानमन्त्री, सुवास नेम्बाङ दुवै संविधानसभाका अध्यक्ष भए । कांग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले पनि इलामबाटै प्रतिनिधित्व गरे । गृहजिल्लावासी भने सामान्य उपचारका लागि पनि झापाका महँगा निजी अस्पताल वा भारतका अस्पतालसम्म जानुपर्ने बाध्यता छ । देशनै हाँकेका नेताहरूको गृहजिल्लामा रहेको अस्पतालको दुरवस्थाले इलामेलाई नै लज्जित बनाएको स्थानीयको गुनासो छ । यो अस्पताललाई छ वर्षअघि ५० शैयामा विस्तार गरिएको थियो । भौतिक पूर्वाधार पर्याप्त रहे पनि विशेषज्ञ चिकित्सक अभाव रहेको अस्पताल प्रशासनको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार