सन्दकपुर गाउँपालिकाका ५ विद्यालयलाई गाउँपालिकाले तोक्यो क्वारेन्टाइन !

  विविसी हाङखिम  181 पटक हेरिएको

सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिकामा रहेका ५ वटा वडाका विद्यालयहरुलाई कोरोना भाइरसबाट बच्न गाउँपालिकाले सुरक्षित  क्वारेन्टाइन स्थान तोकेको छ ।

सन्दकपुर गाँउपालिका वडा नम्बर १ माइपोखरी अन्तर्गत आदरणीय माध्यमिक  विद्यालय, वडा नम्बर २ माइमझुवाका लागि श्याम्बल माबि माइमझुवा, वडा नम्बर ३ सुलुबुङ्का लागि सरस्वती मावि सुलुबुङ र संस्कृत मावि, वडा नम्बर ४ माबुका लागि प्रबोध मावि माबु र वडा नम्बर ५ जमुनाका लागि भगवती मावि जमुनालाइ क्वारेन्टाइन स्थान तोकेको सन्दकपुर गाउँपालिकाका प्रबक्ता तथा वडा नम्बर २ का वडाध्यक्ष गिरिराज खनालले बताए ।

गाउँपालिका प्रवेश गर्ने सिमाना तथा नाकाहरुमा स्वास्थ्य जाँच गर्नका लागि फिगर अनि थम्ब चेक गरेरै  भएपनि २४ घण्टा  २/२ जना सेवा दिनका लागि स्वास्थ्यकर्मीलाइ ८/८ घण्टाको दरले समय मिलाएर स्वास्थ जाँच सेवा दिइरहेको छ । कसैलाई १०२ डिग्री फरेनहाइड भन्दा माथि ज्वरो आएमा तुरुन्तै आइसोलेसन बेडमा रेफर गरिने खनालले बताए ।

गाउँपालिकाले कसैलाई कुनै बेला अप्ठ्यारो परिस्थिति आइपरेमा आफ्ना वडा तथा गाउँपालिकामा जानकारी गर्न वा खबर गर्न अनुरोध गरेको छ । कसैलाई त्यस्तो आपतकालीन अवस्था आइलागेमा गाउँपालिकाले प्रत्येक वडामा २ देखि ३ वटा सवारीसाधनहरु पुर्वतयारीका साथ राखेको र स्थानीय बासिन्दाहरुलाइ केही समयका लागि १० देखि १५ दिनका लागि घरबाट बाहिर अत्यावश्यक काम बाहेक  ननिस्कने भिड्भाडहरु कम गर्ने भिड्भाडमा नजाने, पेयपदार्थ र माङ्शाहारी खाना कम खान वहाँ अनुरोध गरेको छ ।

अत्यावश्यक खाद्यन्न  गाउँपालिकामा  स्टोर गरेको र कुनै अत्यावश्यक खाद्यान्न तथा पेट्रोलियम पदार्थहरु अभाव भएमा गाउँपालिकामा सम्पर्क गर्न प्रवक्ता खनालले  सर्वसाधारणहरुलाइ अनुरोध गरेका छन् ।

संवेदनशील अवस्थामा नआत्तिन र धैर्यका साथ बस्न नेपाल सरकार र गाउँपालिकाले लागू गरेको नियमलाइ यो नियमलाई पालना गर्न गाउँबासीलाई गाउँपालिकाले अनुरोध गरेको छ । गाउँपालिकाले सोमबारबाट कार्यलयहरु बन्द गरेपनी अत्यावश्यक कामहरू भने गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार