कोरोनाको त्रास : शहरमा भन्दा गाउँमा बढी

  नयाँ बुलन्द  175 पटक हेरिएको

इलाम : विश्वभरि महामारीको रुप लिएको ‘कोभिड –१९’ ले इलाम जिल्ला सरमुकामलगायत अन्य बजार सुनसान छन् भने गाउँघरमा चहलपहल बढ्दै गएको छ । नेपालका बिभिन्न शहर देखि, भारत वा तेस्रा मुलुकबाट गाउँमा मानिस फर्किएपछि शहर सुनसान र गाउँतिर चहलपहल बढेको हो । विदेशबाट फर्किएकालाई स्वास्थ्य चेकजाँच गरि १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने व्यवस्थाले शहर सुरक्षित छ भने गाउँघरमा ‘हेल्थ डेस्क’ वा क्वारेन्टाइन नहुँदा जोखिम बढदै गएको स्थानीयवासीको भनाइ छ ।

जिल्लाका १० स्थानीयतहरुमा सबै क्षेत्रमा क्वारेन्टाइन शैय्या तयार पारिएको छैन भने न त आइसोलेशन शैय्या नै । ती गाउँपालिका र नगरपालिकामा आइसोलेशन शैय्या र क्वारेन्टाइन नहुँदा विदेशबाट फर्किएका मानिस निर्धक्कसाथ गाउँघरमा जाने गरेका छन् । स्वास्थ्य जाँच नै नगरी गाउँघरमा जानाले कोरोना भाइरसको सङ्क्रमण फैलिने त्रास बढेको इलाम नगरपालिका ९ का समाजसेबी दिपेश अधिकारीको भनाई छ । “गाउँपालिकाले ‘हेल्थ डेस्क’ आइसोलेशन शैय्या र क्वारेन्टाइन नबनाउँदा भारत वा तेस्रो मुलुकबाट गाउँ फर्किएका मानिस निर्धक्क घर आएका छन, यसले जनतामा त्रास फैलाएको छ । क्वारेन्टाइन बनाउन गाउँपालिका उदासिन बनेको छ” , उनले बताए ।

अधिकारिले आफ्नो सामाजिक सन्जाल मार्फत आफु सँग साथी भएकालाई जनचेता फैलाउने काम गरिरहेको र सबैलाई सतर्क रहन आग्रह गरिरहेको र अन्य साथीहरुले समेत सही सुचना सबैलाई प्रबाह गर्नेपनी सुझाब दिएका छन ।  गाउँ घरमा आएकालाई क्वारेन्टाइन छैन् । क्वारेन्टाइन नहुँदा घरमै बस्नुपर्ने बाध्यता छ । त्यसैले शहर भन्दा गाउँघर असुरक्षित बन्दै गएका आवाज उठ्न सुरु भएको छ ।

यता स्थानीयवासीमा जनचेतना फैलाउन इलामका बिभिन्न संचार माध्यम सहित माईकिङ बाट समेत सचेत रहन र नआतिन , नडराउन सूचना जारी गरिरखिएको भएपनी मानिसमा मनोबैज्ञानीक त्रास बड्दै गएको पाईन थालेको छ । यस्ले थप यसले जोखिम बढाएको देखिन्छ । हाल नेपालमा आत्तीहाल्नु पर्ने अवस्था नरहेपनी सचेत भने अवश्य बन्नु पर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार