लक डाउन : इलाममा उच्च सतर्कता

  नयाँ बुलन्द  89 पटक हेरिएको

इलाम : कोभिड १९ को महामारी फैलन नदिन सरकारले देशभर लकडाउन गरेको पहिलो दिन इलामको स्थिति सुनसान र सामान्य रह्यो । इलाममा अत्यावश्यक सेवाका बाहेक सवारी तथा यातायातका साधन चलेनन् । विद्यालय, र कार्यालयहरु बन्द नै रहेका छन् । लकडाउनलाई पुर्णत कार्यान्वयन गर्नका लागि स्थानीय समुदायबाट भरपर्दो सहयोग पाएको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाइले जानकारी दिनुभयो ।

उहाँले मंगलबार विहान बसेको सर्वदलिय बैठकले जथाभावी आवतजावत र भिडको नियन्त्रणका लागि सजगता अपनाउने निर्णय गरेको थियो । तेल, ग्यास , खाद्यान्न र अन्य अत्यावश्यक बस्तुको आपुर्ति र विपद व्यवस्थापनमा समेत पुर्व तयारी गरिएको छ ।

इलामको पुर्वी सीमा नाका पशुपतिनगरमा नाका बन्द रहेको छ । यहाँको स्थिति सामान्य रहेको छ । पशुपतिनगर आसपासका अन्य नाका पनि बन्द रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार