कोराना भाइरसविरुद्ध इलाममा उच्च सतर्कता - Nayabulanda.com

कोराना भाइरसविरुद्ध इलाममा उच्च सतर्कता

  नयाँ बुलन्द
0 Shares

इलाम : कोराना भाइरसविरुद्ध इलाममा उच्च सतर्कता अपनाइएको छ । भारतसँग जोडिएको इलाममा कोराना भाइरस नेपाल भित्रन नदिन सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउनका साथै गाउँगाउँमा सचेतनामुलक कार्यक्रम संचालन गर्न थालिएको छ ।
भारतसँगै सीमा जोडिएको इलामको सीमावर्ती नाकाहरुमा शसस्त्र प्रहरीको टोली खटाएर आवातजावतमा बन्द गरिएको छ । सीमा क्षेत्रको मानेभञ्ज्याङ्ग, छब्बिसे, हिले, जौबारी लगायतका छोटी नाकाहरुबाट आवातजावतलाई बन्द गरि पशुपतिनगरबाट मात्रै हिडडुलको व्यवस्था गरिएपनि सोमबारबाट पुरै नाका सील गरिएको छ ।

जिल्ला सुरक्षा समिति इलामका अनुसार पशुपतिनगर नाकामा स्वास्थ्य जाँच गर्ने व्यवस्था रहेकाले आइतबारसम्म छोटी नाकाबाट आवतजावतमा कडाइ गरिएको थियो । सोमबार बिहानबाट सरकारको निर्णय अनुसार एक हप्तासम्म पशुपतिनगर नाकाबाट पनि मानिसहरुको आवतजावत बन्द गरिएको छ ।

सरकारले भारत र चीनतर्फका सबै नाकाहरु सोमबारबाट एक साताका लागि बन्द गर्ने निर्णय गरिएकाले सीमा सील हुने प्रमुख जिल्ला अधिकारी तुलसिप्रसाद सेडाईले बताए । कोराना भाइरसविरुद्ध लड्न सरकारले आग्रह गरेसँगै इलामका १० वटै स्थानीय तह, सरकारी तथा गैरसरकारी संस्था, राजनीतिक दल, व्यवसायीहरुले सचेतनामुलक अभियान थालेका छन् । प्रदेश नम्बर एक सरकारको मातहतमा रहेको स्वास्थ्य कार्यालयले इलामको सरकारी कार्यालय, स्थानीय तह र स्वास्थ्य संस्थाहरुमा कोराना भाइरसविरुद्धका लागि साबुन पानीले हात धुने अभियान संचालन गरिरहेको छ । सीमा क्षेत्रमा स्वास्थ्य जाँचका लागि प्राविधिक सहयोग गर्दै आएको स्वास्थ्य कार्यालयले स्थानीय तहहरुमा सचेतनामुलक कार्यक्रम संचालन गर्नुका साथै बिदेशबाट नेपाल आएका नागरिकहरुलाई होम क्वारेन्टाइनमा बस्ने ज्ञानबारे जानकारी गराउँदै आएको जनस्वास्थ्य प्रमुख वृजकुमार दासले बताए ।

स्वास्थ्य कार्यालयले कोराना भाइरसविरुद्धको अभियानमा नियमित रुपमा स्थानीय तहमा रहेको स्वास्थ्य संस्थामा अनुगमन गर्ने, तालिम प्रदान गर्ने र सचेतनामुलक कार्याक्रम गर्दै आएको प्रमुख दासले बताए । स्वास्थ्य कार्यालयले सनिवार रोङ गाउँपालिकाको जिर्मलेमा भारतमा रोजगारीमा गएर फर्किएका ५० जना नेपाली नागरिकलाई होम क्वारेन्टाइनमा बस्ने ज्ञानबारे जानकारी गराएको थियो । स्वास्थ्य कार्यालयका अनुसार अहिले इलाममा स्वास्थ्य जाँच गर्ने थर्मल डिकेक्टरको अभाव रहेको छ । थर्मल डिकेक्टरको अभावबारे प्रदेश एकको सामाजिक विकास मन्त्रालयमा जनकारी गराइसकिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख बृजकुमार दासले बताए ।

इलाम सदरमुकाम रहेको इलाम नगरपालिकाले सचेतनामुलक कार्यक्रम थालेको छ । रोग लाग्न नदिन अनावश्यक रुपमा भिडभाड नगर्न, स्वास्थ्य संस्थाले दिएको सल्लाहा अनुसारका उपायाहरु अपनाउन सबै नगरबासीहरुलाई अनुरोध गरेको छ । इलाम नगर प्रमुख महेश बस्नेतले भिडियो सन्देश दिँदै आइतबारबाट इलाम नगरपालिका क्षेत्रका बजारहरुमा पसलहरुको अनुगमन गरिएको जानकारी दिए । इलामको सिङफिरिङ्ग स्थित मेघबहादूर पराजुली अस्पताललाई क्वारेन्टाइनका रुपमा व्यवस्था गर्ने, नगरपालिका क्षेत्रका महत्वपूर्ण स्थानमा हात धुने पानीका लागि ट्याङ्किको व्यवस्था गर्ने, इलाम नगरपालिकको जिरो किलोमिटरमा स्वास्थ्य कर्मी सहितको हेल्प डेक्सको व्यवस्था गर्ने कार्यक्रमहरु बढाइएको नगरप्रुमख बस्नेतले जानकारी दिए । प्रत्येक वडा मार्फत माक्स वितरणको काम गर्ने र १२ वटा वडामा औषधिको व्यवस्था सहितको सहितको हेल्प डेक्स स्थापना गर्ने इलाम नगरपालिकाको योजना छ ।

भारतसँग सीमा जोडिएको इलामको सन्दकपुर गाउँपालिकाले कोराना भाइरसविरुद्ध सबै वडाहरुमा सचेतनामुलक कार्यक्रम गर्ने निर्णय गरेको छ । सीमा क्षेत्रका पर्यटकयस्थलमा पर्यटक आवतजावतमा प्रतिबन्ध लगाएको गाउँपालिकाको केन्द्र र सबै वडा कार्यालयहरुमा हात धुने व्यवस्था गर्ने निर्णय गरेको छ । कोराना भाइरसविरुद्धको सचेतनामुलक फ्लेक्सहरु गाउँपालिकाका सबै वडा कार्यालय, स्वास्थ्य संस्था र बजारहरुमा राख्नुका साथै सचेतनामुलक कार्यक्रम गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष उदउबहादुर राईले बताए । गाउँपालिकाको बैठकले सीमा क्षेत्रमा नेपाली प्रहरी र स्वास्थ्यकर्मी सहितको टोलीले नियमित अनुगमन गर्ने आवातजावत नै बन्द गर्ने निर्णय समेत भएको छ ।

जिल्लाकै देउमाई नगरपालिकाले सबै वडा र केन्द्रमा रहेका स्वास्थ्य संस्थामा सचेतनामुलक कार्यक्रम संचालन थालेको छ । नगर प्रमुख सुर्य पोखरेलले एक प्रेश विज्ञप्ति प्रकाशित गरि नगर क्षेत्रका सम्पूर्ण संघसंस्था, व्यवसायी, क्लबहरुलाई सुरक्षित तरिकाले सचेतनामुलक कार्यक्रम गर्न अनुरोध गरेका छन् । विज्ञप्तिमा खाध्यान्न र इन्धन, औषधिउपचार अभाव सिर्जना हुन नदिन अनावश्यक रुपमा भण्डारण नगर्न समेत आग्रह गरेका छन् ।

त्यस्तै माङ्सेबुङ्ग गाउँपालिकाले गाउँपालिका क्षेत्रका सबै वडाहरुमा पनि कोराना भाइरसविरुद्ध सचेतनामुलक कार्यक्रमहरु संचालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आइतबार बसेको बैठकले अन्य गाउँपालिकासँग जोडिएको नाकामा हेल्प डेक्स स्थापना गर्ने निर्णय गरिनुका साथै सबै वडामा रहेका स्वास्थ्यकर्मीहरुलाई परिचालन गरि सचेतनामुलक कार्यक्रम गर्ने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत डिल्लि सुवेदीले बताए ।

भारतसँग सीमा क्षेत्र जोडिएको इलामको माईजोगमाई गाउँपालिकाले कोराना भाइरसविरुद्ध सचेतनामुलक कार्यक्रम गर्न गाउँपालिका स्तरीय र वडास्तरीस समिति गठन गरिएको छ । समितिले टोलदेखि वडा र गाउँपालिकास्तरीय सचेतनामुलक कार्यक्रम गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष जितबहादूर राईले बताए । समितिले बिदेशबाट आएका व्यक्तिलाई घरमा क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्ने निर्णय हुनुका साथै गाउँमा हातधुने बारे सचेतना कार्यक्रम गरिँदै आएको छ ।

झापासँग सीमा जोडिएको चुलाचुली गाउँपालिकामा पनि कोराना भाइरसविरुद्ध सचेतनामुलक कार्यक्रमलाई तिब्रता दिएको छ । गाउँपालिकाको केन्द्रदेखि, वडासम्ममा जनप्रनिधि, स्वास्थ्यकर्मी, संघसंस्थाका प्रतिनिधिहरुको टोलीले सचेतनामुलक कार्यक्रम संचालन गरिएको प्रमुख प्रशासकिय अधिकृत काजिमान राईले बताए । झापासँग जोडिएको र चुलाचुलीबासीको आवातजावत झापाको बजारसँग हुने भएकाले अत्यावश्यक काममा मात्रै हिडडुल गर्न गाउँपालिकाले आग्रह गरेको छ । विद्युतिय हाजिरी बन्द गरेको गाउँपालिकाले ¥यापिट रेस्पोन्न टीम गठन गरिएको छ । झापासँग जोडिएको १६ वटा नाकाहरुमा सचेतनामुलक व्यानरहरु राख्ने र आवश्यकता परेमा नाकाबाट हिडडुल नै बन्द गर्नेसम्मको निर्णय भएको छ ।

माक्स उत्पादनको कार्यक्रम, स्वास्थ्य संस्थामा हातधुने व्यवस्था, गाउँपालिकाको कार्यालयमा स्वास्थ्य जाँच गरेर मात्रै प्रवेश गर्ने व्यवस्था गरिएको काजिमान राईले बताए ।

यस्तै झापासँगै सीमा जोडिएको इलामको माई नगरपालिकामा पनि कोराना भाइरसविरुद्ध सचेतनामुलक कार्यक्रम शुरु गरिएको छ । माई नगरपालिका प्रमुख दिपक थेवेका अनुसार माई नगरपालिकको प्रवेश विन्दु सुखानी सहिद पार्क र सितली क्षेत्रमा स्वास्थ्यकर्मीको टोली राखेर झापाबाट आउने नागरिकहरुको स्वास्थ्य जाँच गर्ने निर्णय भएको छ ।

नगरपालिकाका सबै वडामा सचेतना मुलक कार्यक्रम गर्ने निर्णय गरेको नगपालिकाको सोमबार विपद् समितिको बैठक बसेर थप कार्यक्रम तय गर्ने नगरपालिकाले जनाएको छ । जिल्लाको पुर्वी दक्षिण रोङ गाउँपालिकामा पनि स्वास्थ्य जाँच सहितको सचेतनामुलक कार्यक्रम संचालन गरिएको गाउँपालिका स्वास्थ्य शाखा गाउँ टोली अभियानमा संचान गरिएको छ । सचेतनामुलक कार्यक्रम बढी भारतसँग सीमा जोडिएको वडा नम्बर ५ र ६ मा संचालन गरिएको छ । वडा नम्बर ५ मा होम क्वारेन्टाइन संचालन गरिएको छ । भारतबाट आएको ५ जनालाई ५ वटा टहरा बनाएर क्वारेन्टाइन संचालन गरिएको छ । वडा नम्बर ६ मा केरला राज्यबाट आएका ४५ जना नागरिकलाई होम क्वारेन्टाइनमा राखिएर सुरक्षा सामग्री माक्स र साबुन प्रदान प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख नेत्र पोखरेलले बताए ।

पशुपतिनगर नाका सहित दर्जनबढी छोटी नाका भएको इलामको सुर्योदय नगरपालिकामा पनि उच्च सतर्कताका साथ काम गरिरहेको छ । वडा नम्बर २ मा रहेको पशुपतिनगर नाकामा नियमिति स्वास्थ्य जाँच गरिरहेको छ । कार्यपालिकाको बैठले विपद् व्यवस्थापन समितिलाई सम्पूर्ण काम गर्न जिम्मा दिएको छ । समितिले सोमबार क्वारेन्टाइन बनाउने सम्मका योजना बनाउने स्वास्थ्य शाखा प्रमुख धनराज यादवले बताए । डाक्टर धनराज यादवको नेतृत्वमा ८ जनाको ¥यापिट रेस्पोन्न टिम गठन गरिएको छ ।

यस्तै जिल्ला समन्वय समितिले इलामका सबै नागरिकलाई कोराना भाइरसविरुद्ध एक भएर लड्न आग्रह गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालका अनुसार नागरिकलाई अत्यावश्यक काममा मात्रै निस्कन आग्रह गरिएको र हिडडुल गर्दा अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गरिएको छ । जिल्ला समन्वय समितिले सबै स्थानीय तहका वडाहरुमा पनि सचेतनामुलक कार्यक्रम संचालन गर्न अनुरोध गरेको छ ।

जिल्लाको दक्षिणि क्षेत्रको फाकफोकथुम गाउँपालिमाका भित्रका सबै स्वास्थ्य स्वास्थ्यबाट सचेतनामुलका कार्यत्रम संचालन गरिररहेको र बुधबार गाउँ कार्यपालिकको बैठक बसेर अभियानकै रुपमा सचेतनामुलक कार्यक्रम गर्ने तयारी भइरहेको प्रमुख प्रशासकिय अधिकृत रेखनाथ दाहालले बताए । यता पर्यटकीय जिल्ला इलामका होटलहरु चैत्र २१ गतेसम्म बन्द हुने भएका छन् । होटल व्यवसायीहरुको संस्थाले चैत्र २१ गतेसम्म होटलहरु बन्द गर्ने निर्णय गरेको अध्यक्ष देवि पौडेलले बताए ।localsandesh

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार