युवानेता ढुंगानाले गरे एक महिनाको घरभाडा छुट ।

तेह्रथुमका युवा नेता तथा समाजसेवी अर्जुन ढुंगानाले आफ्नो घरमा भाडामा बस्नेहरुका लागी एक महिना कुनैपनि भाडा नलिने घोेषणा गर्नुभएको छ

  टीआर सेनेहाङ
0 Shares

तेह्रथुम, चैत्र

तेह्रथुमका युवा नेता तथा समाजसेवी अर्जुन ढुंगानाले आफ्नो घरमा भाडामा बस्नेहरुका लागी एक महिना कुनैपनि भाडा नलिने घोेषणा गर्नुभएको छ । कोरोना भाईरस (कोभिड १९) को जोखिम संगै सरकारले चैत ९ देखी २१ गतेसम्म सार्वजनिक र निजि क्षेत्रबाट प्रवाह गरिने सम्पुर्ण सेवा सुविधा बन्द गर्ने निर्णय गरेका बेला नेता ढुंगानाले मानविय संकटमा सहयोगको भावनाले एक महिनाको भाडा मिनाहा गरेको बताउनुभयो ।

उहाका अनुसार एक महिनासम्मको कोठा भाडा,बिजुली तथा पानीको महशुल छुट भएको छ । कोरोना भाईरसको प्रकोपका बेला आर्थिक मन्दी तथा बिभिन्न किसिमका समस्या हुने भएकाले मानविय सद्ध्भावका लागी आफुले भाडा नलिने घोषणा गरेको जानकारी दिनुभयो । नेता ढुंगाना तेह्रथुमको म्याङलुङ निवासी हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार