भूमी मन्त्री अर्यालद्वारा २० हजार मास्क हस्तान्तरण

  नयाँ बुलन्द  124 पटक हेरिएको

स्याङ्जा : भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले कोरोना भाइरसको संक्रमण सचेत रहन आग्रह गर्दै मास्क हस्तान्तरण गरेकी छन् ।

कोरोना भाइरस जहाँ पनि जान सक्ने भएकाले सचेत रहन आग्रह गर्दै उहाँले बिपद् ब्यवस्थापन समिती स्याङ्जाको बैठकमा माक्स हस्तान्तरण गरेकी हुन् ।

स्याङ्जामा शनिबार आयोजीत कार्यक्रममा मन्त्री अर्यालले छिमेकी देश चिनबाट शुरु भएको कोभिड १९ बिश्वभर पुगेको बताउदै नेपालका हरेक ठाउँमा पुग्न सक्ने भएकाले सचेत रहन आग्रह गरिन् ।

मन्त्री अर्यालले बिपद ब्यवस्थापन समितिलाई २० हजार थान माक्स र एक वटा गन थर्मोमिटर प्रदान गरेकी हुन् । मन्त्री अर्यालबाट प्राप्त भएको माम्सलाई प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले ११ स्थानिय तह, प्रहरी, आर्मी, प्रशासन, जिल्ला अस्पताल, रेडक्रसलाई बितरण गरेकी थिइन् ।

भारतमा संक्रमणको संख्या दिनदिनै बढ्दै गएको बताउँदै मन्त्री अर्यालले खुला सिमानाका कारण नेपाल पनि उच्च जोखिम रहेको बताइन् । कोभिड १९ को संक्रमणलाई सचेतनाले मात्र परास्त गर्न सक्ने बताउँदै उहाँले संक्रमणलाई प्रवेश गर्न नदिन सरकारले सर्तकता अपनाएको बताइन् ।

सरकारले गरेको निर्णयले नीजि जीवनमा केहि समस्या रहेपनि सर्तकता अपनाउन सकेमा भयङ्कर दुर्घटना हुनबाट बच्‍न सक्‍ने बताइन् ।

जनप्रतिनिधी, राजैतिक दल, सुरक्षाकर्मीले जिल्लामा कोरोना भाइरसको संक्रमणबाट बच्न राम्रो काम गरेको बताउदै मन्त्री अर्यालले थप काम गर्न आग्रह गरिन् । संक्रमण हुदैमा मृत्यु नहुनले भएकाले नडराउन आग्रह गर्दै मन्त्री अर्यालले बिदेशबाट आएकामध्ये एक जनामा पनि नेपालमा संक्रमण नदेखिनुले नेपालीहरुको रोगसँग लड्नसक्ने क्षमता बढि रहेको बताइन् ।

अशक्त, रोगीहरुलाई रोगले च्याप्ने भएकाले निगरानीमा राख्न आग्रह गर्दै मन्त्री अर्यालले हरेक वार्डमा हेल्थ डेक्स राख्न आग्रह गरिन् ।

कालिका अस्पताल, आधिखोला अस्पताल, गल्याङ् अस्पताललाई संक्रमितको उपचार केन्द्र बनाउन आग्रह गर्दै मन्त्री अर्यालले जनता मनोबाल उच्च राख्नेतर्फ काम गर्न दिर्नेशन दिइन् । उनले कोरोना भाइरसको समस्या बढेमा एरिया लकडाउँन गर्नसक्ने समेत बताइन् ।

कार्यक्रममा गण्डकी प्रदेश सदस्य मिनप्रसाद गुरुङ्, जिल्ला समन्वय समिति सदस्य सिताकुमारी सुन्दास, नेकपाका अध्यक्ष सुर्यप्रसाद गैरे, नेपाली काँग्रेस प्रबक्ता इन्द्र गोदार लगायतले कोरोना भाईरसको संक्रमणलाई रोक्न तयार रहेको बताएकी थिइन् ।

बैठकले सरकारको निर्णयलाई जस्ताको जस्तै कार्यान्वय गर्ने निर्णय गरेको छ भने बिदेशबाट फर्केका नेपालीलाइ १४ दिन गाउँपालिकाको निगरानीमा क्वारेन्टाइन राख्ने निर्णण गरेको छ ।

साथै होटेल, रिसोर्ट, बार पसलका सञ्चालकले ज्वरो मापन गर्ने उपकरण तथा सामाग्रीका ब्यवस्था गर्ने र हात सफा गर्ने सेनिटाइजर राख्नु पर्ने सहितका १३ वटा निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार