माछापोखरीमा डुबेर बालकको मृत्यू !

  नयाँ बुलन्द
21 Shares

इलाम : माछापोखरीमा डुबेर शनिबार इलाममा एक बालकको मृत्यू भएको छ ।

इलाम नगरपालिका १ साँखेजुङका दिपेन राईका छोरा ३ वर्षीय निनामहाङ राईको दिउँसो १ बजे घर नजिक रहेको माछापोखरीमा डुबेर मृत्यू भएको प्रहरीले जनाएको छ ।

खेलिरहेको अवस्थामा अचानक पोखरीमा डुबेर घाइते बालकको उपचारको लागि ईलाम अस्पतालममा ल्याएको भएपनि पौने २ बजे मृत्यु भएको प्रहरी नायब उपरिक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार