कांग्रेसको क्रियाशील सदस्यता वितरण र नवीकरण स्थगित

  नयाँ बुलन्द  43 पटक हेरिएको

news

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि वितरण गरिँदै आएको क्रियाशील सदस्यता वितरण र नवीकरण कार्य स्थगन भएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले ‘कोभिड–१९’ को संक्रमण बढ्दै गएको र नेपालमा पनि हुनसक्ने संक्रमणलाई मध्यनजर गर्दै यही चैत ९ गतेदेखि चैत मसान्तसम्मका लागि स्थगन गरेको जानकारी दिए ।

‘पार्टीले ठूला भेला र सम्मेलनलाई यसअघि नै स्थगन गरेको, कोभिड–१९ को संक्रमणलाई ध्यानमा राखेर क्रियाशील सदस्यता वितरण र नवीकरणलाई स्थगन गरेका हौं’–उनले भने ।

कांग्रेसले सहरदेखि गाउँ हुँदै घरसम्म कोरोनाभाइरससम्बन्धी जनचेतना फैलाउन सबै लाग्ने बताएको छ ।

पार्टी प्रवक्ता शर्माले जिल्ला, क्षेत्र, नगर, गाउँ हुँदै टोलसम्म कोरोना जोखिम सामना गर्ने राष्ट्रिय दायित्व निर्वाहका लागि स्वयंसेवी भूमिका निभाउन सबैलाई आग्रह गरिएको बताए ।

कांग्रेसले सचेतना अभियानमा सञ्चारका विविध माध्यमको प्रयोगमा तीव्रता दिने बताएको छ ।

केन्द्रीय कार्यालय भने बन्द नरहने कांग्रेसले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार