याक्थुङ लेखक संघ (यालेस) इलाम अर्जुन याेङहाङकाे अध्यक्षतामा गठन

  नयाँ बुलन्द
14 Shares

याक्थुङ लेखक संघ (यालेस) जिल्ला कार्यसमिति इलामकाे अध्यक्षमा अर्जुन याेङहाङ चयन भएका छन् । शनिबार गठित नयाँ कार्यसमितिकाे उपाध्यक्षमा बुद्धमाया साेङमी र याम (नुनाम) माबाेहाङ चयन भएका छन् । समितिकाे सचिवमा अतित याेङहाङ चयन भएका छन् भने सहसचिवमा भूमिका सम्बाहाङफे चयन भएका छन्  । त्यस्तै समितिकाे काेषाध्यक्षमा मनिसा लावती चयन भएका छन् ।

१९ सदस्यीय गठित कार्यसमितिकाे सदस्यहरुमा रुद्र अनमाेल थेवे, कुशल आङबुहाङ, याेगेश फियाक, शुसिल माेराेहाङ, गाेपिराज आङदेम्बे,वर्षा शेर्मा, सृष्टी खापुङ (जुनु), सृष्टी कुरुम्बाङ, जंग आङबाे, सञ्जित लावती फलना, सन्ताेष खापुङ, भीम याेङहाङ र भीमा फत्र चयन भएका छन् ।

याक्थुङ लेखक संघ (यालेस) इलामकाे गठन कार्यक्रमका संयाेजक अर्जुन याेङहाङकाे अध्यक्षतामा भएकाे कार्यक्रममा याक्थुङ लेखक संघ (यालेस) का केन्द्रीय अध्यक्ष प्रकाश थाम्सुहाङकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । कार्यक्रममा भानु प्रतिमा साहित्य तथा प्रवर्द्धन समिति इलामका अध्यक्ष एवम् कवि विमल वैद्य, किरात याक्थुङ चुम्लुङ इलामका सल्लाहकार बखत वहादुर आङदेम्बेले शुभकामना मन्तव्य राखेका थिए ।

‘याक्थुङ लेखक संघ’ संसारभरी छरिएर रहेका याक्थुङ लेखकहरूको एक भेलाले  २०७६ जेठ १५ गते झापामा गठन गरेका हो । याक्थुङ लेखक संघ  ताप्लेजोङ, पान्थर, झापा, धनकुटा र काठमाडौंमा यसअघि नै शाखाकाे रुपमा गठन भईसकेका छन् । यस शिलशिलामा इलाममा आज गठन भएकाे अध्यक्ष प्रकाश थाम्सुहाङले प्रष्ट पारे । स्थापना लगत्तै याक्थुङ लेखक संघ उपत्यका समितिले कविता तङ्सिङ् २०७६’ भदौ २८ गते शनिबारका दिन राष्ट्रिय नाचघर जमल, काठमाडौंमा गरेको थियो । त्यसपछि २०७६ फागुन २४ गते झापामा कविता तङसिङ-२ याक्थुङ लेखक संघ (यालेस) झापाको आयोजनामा सम्पन्न भईसकेकाे छ ।

याे पनि पढ्नुहाेस् 

के-के छन् ७ बुँदे घाेषणा-पत्रमा ?

(१) लिम्बुवान मुक्तिका खातिर कलम चलाउने ।

(२) लिम्बुवान राज्य प्राप्तिका लागि चालिने जुनसुकै आन्दोलनहरूलाई सहयोग र समर्थन गर्ने ।

(३) लिम्बुवान सौन्दर्यशास्त्र, मुन्धुम, याक्थुङ लोक वाङ्मयहरूको पुनरजागरणका निम्ति याक्थुङ लेखकहरूलाई पुनरजागृत गर्ने ।

(४)  याक्थुङ भाषा, सिरिजङ्गा लिपिमा सिर्जना गर्न, याक्थुङ साहित्यलाई सिद्धान्तपरक र विशिष्टीकरण गरी सिर्जना गर्न सर्जकहरूलाई

उत्प्रेरित गर्ने ।

(५) विविध वाद र वैचारिक समूहमा रहेका याक्थुङ लेखकहरूलाई एकताबद्ध गराई लिम्बुवानी राजनैतिक चेतनामा ध्रुवीकरण गर्ने ।

(६) सबैखाले राजनैतिक विचारमा आवद्ध याक्थुङ लेखकहरूको साझा चौतारीका रूपमा याक्थुङ लेखक सङ्घलाई अगाडि बढाउने ।

(७) लिम्बुवानका मुन्धुमी, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक स्थलहरू पर्यावरणीय साहित्यक दृष्टिविन्दुले संरक्षित गर्ने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार