
इलाम : नेपाली कांग्रेस इलामका युवा नेता एवम् समाजसेवी डम्बर खड्काले काठमाडौंबाट इलाम आउन ईच्छुक गरिब, असहाय र विद्यार्थीहरुका लागि निशुल्क यातायात सेवा उपलब्ध गराएका छन्।
विश्वभर महामारीको रुपमा फैलिएको कोराना भाईरसको संक्रमणबाट जोगिन काठमाडौं बाहिर जानेहरुको घुईचो बढ्न थालेपछि सहयोगस्वरुप उनले माइक्रो बसको व्यवस्था गराएका हुन्।
सरकारले चैत १० गतेदेखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दुरीका यात्रुबाहक सवारी साधन सञ्चालनमा रोक लगाएको छ। घर फर्किन नसकेका विद्यार्थीलाई चैत १० गतेभित्रै इलाम सम्मका लागि सात वटा माइक्रो बसको व्यवस्था निशुल्क ब्यवस्था गरिएको खड्काले बताए।
उनका अनुसार, काठमाडौंको कोटेश्वरमा रहेको इलामेली हायस माइक्रो बसको काउन्टरबाट निशुल्क इलाम सम्म आउने व्यवस्था गरिएको छ ।



















































