कोरोना भाईरस (Covid-19)  सम्बन्धि अनेरास्ववियू इलामकाे सचेतना अभियान

 

इलाम : अनेरास्ववियू  इलामले  इलाम जिल्लाका विभिन्न वस्तीमा कोरोना भाईरस (Covid-19)  सम्बन्धी सचेतनामूलक सामग्री बाड्ने बाढी जनचेतना जगाउने अभियान सुरु गरेकाे छ ।

इलाम नगरपालिका अन्तर्गत तिल्केनी, गोलाखर्क निगुरे, सिङफ्रिङ, महभिर, बाह्र बस्ती लगायत घर घरमा गएर कोरोना भाइरसबारे जनचेतना मुलक सामाग्री बितरण गरी जनचेतना जगाईएको अनेरास्ववियू जिल्ला कमिटी संयोजक प्रवेश पराजुलीले जानकरी दिए ।

२० भन्दा बढी समुहमा अनेरास्ववियू टोलि गाउँ गाउँ गएर जनचेतना जगाएको केन्द्रिय सदस्य रविन्द्र सुवेदीले बताए ।

उक्त अभियानमा अनेरास्ववियू केन्द्रिय सदस्यद्वय रबिन्द्र सुवेदी ,सन्दिभक्त शंकर , राष्ट्रिय युवा संघ नेपाल इलाम जिल्ला कमिटी सचिवालय सदस्य छत्र दर्लामी, जिल्ला कमिटी संयोजक प्रवेश पराजुली सह संयोजक बिपिन पोखरेल जिल्ला नेता मिलन खत्री नयन राई लगायत जुझारु युवाहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

अनेरास्ववियू जिल्ला कमिटी इलामको आयोजनामा आजै र आज सम्पन्न नभका जिल्लाका  स्थानिय तहका गाउँ बस्तिहरुमा सचेतनाका लागि घरदैलो अभियान संचालन गर्ने समेत संयोजक पराजुलीले जानकारी दिए उनले भने कोरोना बारेमा केही जान्कारी नभएको नागरिकलाई सचेत गर्न यो अभियान चलाएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार