लिम्बू विद्यार्थी मञ्च इलामले मनायाे स्थापना दिवश (फाेटाे फिचर)

एक दिवशीय सांगठनिक प्रशिक्षण कार्यक्रम

  नयाँ बुलन्द  157 पटक हेरिएको

इलाम : लिम्बू विद्यार्थी मञ्च जिल्ला कार्यसमिति इलामले मञ्चकाे २२ औँ स्थापना दिवशकाे अवसरमा “एक दिवशीय सांगठनिक प्रशिक्षण कार्यक्रम” आयाेजना गरी मनाएकाे छ । मञ्चकाे स्थापना वि.सं. २०५५ साल चैत्र ६ गते स्थापना भएकाे थियाे । २२ वर्षे दाैरानमा मञ्चले आफुलाई दरिलाे संस्थाकाे रुपमा उभ्याई सकेकाे छ ।

कार्यक्रममा किरात याक्थुङ चुम्लुङ केन्द्रीय उपाध्यक्ष यामप्रसाद लिम्बूले (नेपालकाे संविधानमा आदिवासी जनजाति) विषयक, लिम्बू विद्यार्थी मञ्चका केन्द्रीय उपाध्यक्ष ‍रामकुमार लिङदम (लिम्बू विद्यार्थी मञ्च) विषयक र लिम्बू विदर्थी मञ्च इलाम जिल्ला अध्यक्ष अतित याेङहाङले (लिवि मञ्च इकाइ समितिहरुका पदाधिकारी तथा सदस्यहरुकाे काम कर्तव्य र वैठक एवम् कार्यक्रम सञ्चालन) सम्बन्धमा प्रशिक्षण गरी एक दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे हाे ।

प्रशिक्षण कार्यक्रममा मरब क्याम्पस इकाइ समिति, माेर्डन क्याम्पस र आदर्श माविका ३२ विद्यार्थीहरुकाे सहभागिता रहेकाे थियाे । जनजाति महासंघ इलामकाे सभाहलमा सम्पन्न कार्यक्रमकाे उद्घाटन समाराेहमा किरात याक्थुङ चुम्लुङ इलाम जिल्ला सचिवालय सदस्य रुद्र थेवे, लिम्बू पत्रकार संघ इलाम अध्यक्ष बुद्धमाया साेङमी, किरात याक्थुङ चुम्लुङ इलाम अध्यक्ष बखतवहादुर आङदेम्बे, जनजाति विद्यार्थी महासंघ इलाम अध्यक्ष मानवहादुर गुरुङ, लिवि पूर्व केन्द्रीय सदस्य एवम् देनपा वडा नं. ९ का वडाध्यक्ष हेमराज लिम्बूकाे उपस्थिति रहेकाे थियाे ।

मञ्चकाे स्थापना वि.सं. २०५५ साल चैत्र ६ गते स्थापना भएकाे थियाे । २२ वर्षे दाैरानमा मञ्चले आफुलाई दरिलाे संस्थाकाे रुपमा उभ्याई सकेकाे छ ।

फाेटाे फिचर :

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार