लिम्बू विद्यार्थी मञ्च महेन्द्ररत्न बहुमखी क्याम्पस इकाई समितिकाे १२ औँ अधिवेशन तथा फक्ताङलुङ विमाेचन

अधिबेशनबाट गाेपिराज आङदेम्बेकाे नेतृत्वमा १६ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित ।

 

लिम्बू विद्यार्थी मञ्च मरब क्याम्पस इकाई समितिकाे स्मारिका फक्ताङलुङकाे नवाैँ अ‌ंक विमाेचन गर्दै कार्यक्रमका प्रमुख अथिति केन्द्रीय उपाध्यक्ष रामकुमार लिङदम ।

इलाम । लिम्बू विद्यार्थी मञ्च महेन्द्ररत्न बहुमखी क्याम्पस इकाई समिति इलामको अधिबेशन तथा फक्ताङलुङ विमोचन कार्यक्रम सम्पन्न भएको छ । मंगलबार क्याम्पसको १३ नं. हलमा सम्पन्न समितिको १२ औँ क्याम्पस अधिवेशन तथा समितिको मुखपत्र फक्ताङलुङको नवौँ अंकको विमोचन कार्यक्रम सम्पन्न भएको हो ।

अधिवेशनले गोपिराज आङदेम्बेको नेतृत्वमा १६ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा पूर्णकुमार चेम्जोङ र प्रमिला तुम्बाहाङफे निर्वाचित भएका छन् । समितिको सचिवमा केवी नेम्बाङ, सहसचिवमा शिला फागो र कोषाध्यक्षमा दिपा लोरिङदेन लिम्बू निर्वाचित भएका छन् ।

कार्यसमितिको सदस्यहरुमा पविता नेम्बाङ, प्रकाश लिम्बू, प्रविन चेम्जोङ, मालती चेम्जोङ भिमा फत्र इक्सा नेम्बाङ, धनकुमार लावती, कमला जबेगू, याम्बिन तुम्बापो र शेशेहाङ नेम्बाङ निर्वाचित भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि लिम्बू विद्यार्थी मञ्चका केन्द्रीय उपाध्यक्ष रामकुमार लिङदमले कार्यक्रमको उद्घाटनसँगै फक्ताङलुङ पत्रिकाकोे नवौँ अंक विमोचन गरे । लिम्बू विद्यार्थी मञ्च मरब क्याम्पसले आफ्नो मुखपत्रको रुपमा प्रकाशन हुँदै आएको पत्रिकाको यस अंकलाई मरब क्याम्पसका प्राध्यापक केशवहादुर राईले टिपणी गरेका थिए ।

लिम्बू विद्यार्थी मञ्च मरब क्याम्पस इकाई समितिकाे ११२ औँ अधिवेशनकाे उद्गघाटन च्याब्रुब बजाएर उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अथिति केन्द्रीय उपाध्यक्ष रामकुमार लिङदम र अतिथिगण ।

पुस्तकमाथि टिपणी गर्दै राईले पुस्तुकको प्रशंसा तथा सुझावहरु समेत राखे । फक्तालुङले लिम्बू विद्यार्थी मञ्च मञ्चको परिचय मात्र नगरेको यसले बहुसांस्कृतिक हाम्रो मुलुकलाई पहिचानको खोजि गर्नमा ठूलो सघाउँ पु¥याउँदै राष्ट्रलाई समेत ठूलो सघाउ पु¥याएको भन्दै प्रसंसा गरेका छन् । त्यस्तै पत्रिकाले मरब क्याम्पसको चिनारीको रुपमा समेत आफुलाई उभ्याएको र क्याम्पसको समग्र क्षेत्रको विकासमा ठूलो योगदान समेत दिएको राईले जिकिर गरे ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै विशेष अतिथि तथा किरात याक्थुङ चुम्लुङ इलामकी अध्यक्ष गायत्री थेगिमले शुरुमा भित्ते पत्रिकाको रुपमा याक्थुङ सक् सक् यक् ले प्रकाशन गर्दै आएको अहिले यसलाई स्मारिका पत्रिकाको रुपमा विकास गरी लिम्बू विद्यार्थी मञ्चले नवौँ अंक सम्म ल्याई पु¥याउँदा गर्व व्यक्त गरेका छन् ।

भित्ते पत्रिकाको रुपमा प्रकाशित गर्दै गर्दा दस्तावेजिकरण गर्न कठिन भएकाले स्मारिकाको रुपमा विकसित गराई अगाडी बढाएकोमा अहिलेसम्मका सबै अंक प्रकाशन गर्नेहरुलाई धन्यवाद व्यक्त गरे । आगामी दिनमा यसलाई अझ स्तरीय बनाई लिम्बू समुदायको लागि मात्र नभई सिंगो राष्ट्रको स्मारिकाको रुपमा अघि बढाउन सुझाव दिएका छन् ।

कार्यक्रममा बोल्दै अर्का विशेष अतिथि याक्थुङ लेखक संघका केन्द्रीय अध्यक्ष तथा कवि प्रकाश थाम्सुहाङले फक्ताङलुङ पत्रिका र लिम्बू विद्यार्थी मञ्चको प्रशंसा गरेका गरे । विद्यार्थी जीवनमा अध्ययनसँगे सिर्जनात्मक र रचनात्मक कार्यक्रमहरु समेत अभियानको रुपमा अगाडी बढाएकोमा खुशी व्यक्त गर्दै बधाई दिए । याक्थुङ लेखक सँघले काठमाण्डौँ देखी सुरु गरेको कविता तङसिङ अब इलाममा गर्ने समेत प्रस्त बनाए ।

यता लिम्बू व्द्यिार्थी मञ्च जिल्ला कार्यसमिति इलामका अध्यक्ष अतित योङहाङले लिम्बू विद्यार्थी मञ्चमा आवद्ध भएर जान सबै लिम्बू विद्यार्थीहरुलाई आग्रह गरे । मरब क्याम्पस इलाममा लिम्बू विद्यार्थी मञ्च चिनाईरहनु नपर्ने सामाजिक संस्था भएको र मञ्चलाई राजनीतिक विद्यार्थी संगठनहरुसँग समेत तुलना गर्न नसकिनेमा जिकिर गरे । क्याम्पसमा गतिविधिको हिसावले सामाजिक संस्था भएरै पनि अरु भन्दा रचनात्मक रुपमा कार्यक्रम तथा आन्दोलनहरु अगाडी बढाएको स्पष्ट पारे । विगत र वर्तमानमा लिम्बू विद्यार्थी मञ्च अन्य जातिय संस्थाहरु भन्दा विविष्ट रुपमा रहेको जिकिर गरे ।

कार्यक्रममा मरब क्याम्पस प्रमुख राम प्रसाद गुरागाईँ र पत्रिकाका लेखक तथा सहप्राध्यापक अरुण नेपालले मन्तव्य राख्दै लिम्बू विद्यार्थी मञ्च र फक्ताङलुङ पत्रिकाको प्रशंसा गरे । क्याम्पस प्रमुख गुरागाईँले मरब क्याम्पसमा लिम्बू विद्यार्थीको फक्तालुङ निरन्तर रुपमा प्रकाशित हुनु क्याम्पसको लागि सौभाग्य रहेको भन्दै प्रशंसा गरे । सहप्राध्यापक नेपालले नेपालकाे सन्दर्भमा बहुभाषाकाे व्याख्या गर्दै लिम्बू विद्यार्थीकाे अभियानकाे प्रशंसा गरे । आफू फक्ताङलुङकाे विगतदेखी नै निरन्तर एक लेखक भएकाले समेत आफू फक्ताङलुकाे प्रशंसक रहेकाे वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार