इलाम सहित पूर्वी पहाडी जिल्लामा एलपी ग्यासकाे अभाव

  नयाँ बुलन्द
14 Shares

इलाम : पूर्वी पहाडी जिल्लामा यतिबेला खाना पकाउने एलपी ग्यासको अभाव भएको छ । भारतबाट पर्याप्त मात्रामा ग्यास नआएको भन्दै पहाडी बजारहरुमा ग्यास अभाव भएको हो ।  पूर्वी पहाडी जिल्ला सहित इलाम बजारमा ग्यास अभाव भएपछि उपभोक्ताहरु मारमा परेका छन् । बिशेष गरेर कोठा बस्ने बिद्यार्थी, कर्मचारी लगायतलाई समस्या भएको छ । होटलमा खाना, खाजा, चिया खान आउने सेवाग्राहीहरुलाई पनि फर्काउनु पर्ने स्थती आउने भन्दै यसतर्फ सम्वन्धित निकार्यको ध्यान जान आवश्यक रहेको होटल ब्यवसायी पुन्य नेपालले बताए।

सहज रुपमा ग्यास आपूर्ती नहुँदा बजारी क्षेत्रमा बसोबास गर्ने स्थानियलाई समस्या भएको छ । सरकारी निकायबाट बजारमा ग्यासको अभाव नभएको भन्ने गरेपनि बजारमा ग्यास पाउने छोडेको छ । यसले गर्दा समस्या भएको छ । पुरानो सिलिन्डर बुझाएको १५ दिन बित्दा पनि ग्यास पाउन समस्या हुँदा उपभोक्ता मारमा परेको स्थानियको भनाई छ ।

ग्यास अभाव हुनुमा सबैभन्दा वढि दोषि उपभोक्ता नै भएको बिक्रेताहरुको भनाई छ । कोरोना भाइरसको त्रासले उपभोक्ताले ग्यास भरेर घरमा राखेका कारण यस्तो समस्या आएको वताइएको छ । भाइरस भित्रिए भारतले नाका शिल गर्दै जाने र ग्यास समेत नपठाउने भएकाले उपभोक्ताले ग्यास आउने बित्तिकै लैजाने र स्टक गर्ने भएकाले यस्तो स्थिती आएको कोशी ग्यास डिलर इलामका माधव श्रेष्ठले बताए । उनका अनुसार महिना दिन अघि मासिक १६ सयको हाराहारीमा ग्यास आउने गरेको थियो । तर ऐले २४ सय माथी आउँदा पनि ग्यास हाहाकार हुनुमा उपभोक्ताकै कारण समस्या आएको उनले बताए ।

ब्यापारीले कालाबजारी गरेको हो, हुनेखाने उपभोक्ताले बजार कब्जा गरेको हो ? यो भने अनुसन्धानकै विषय हो । तर सामान्य जिवनस्तरमा उपभोक्तालाई भने अत्यान्तै समस्या भएको छ । यसतर्फ पनि सम्वन्धित निकायले चासो बढाउन आवश्यक छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार