नेकपाका युवा नेता बरालकाे नेतृत्वमा अग्निपीडितलाई २९ हजार सहयाेग

  नयाँ बुलन्द
0 Shares

 

 

 

नेपाल कम्युनिष्ट पार्टी  जिल्ला कमिटि ईलामका सदस्य एवम् युवा नेता अरुण बरालको नेतृत्वमा अग्निपीडित हर्क लुहागुनलाई सहयाेग उपलब्ध गराएका छन् । अग्नि पीडितलाई सहयाेगार्थ रकम संकलन गरी  देउमाई नगरपालिका वडा नं. ९  जीतपुरका लुहागुनलाई आइतबार सहयोग रकम २९ हजार हस्तान्तरण गरेकाे हाे ।

लुहागुनकाे गत फाल्गुन १० मा विद्युत  सर्ट भई आगलागि भई घरमा क्षति भएकाे थियाे। त्यस्तै पीडितलाई अपाङ्ग संरक्षण समिति देउमाई  नगरपालिका ९ ले पनि ४ हजार ६ सयलाई रकम हस्तान्तरण गरेको वडा सदस्य हेमराज लिम्बूले जानकारी दिए । युवा नेता तथा समाजसेवी बराल विगत केही वर्षयता यस्तै समाज सेवामा क्रियाशिल छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार