कोरियामा बाहिर निस्किँदैनन् नेपाली

  नयाँ बुलन्द
0 Shares

news

सोल : दक्षिण कोरियामा कोरोना भाइरस संक्रमणमा कमी देखिए पनि त्रास कायमै छ ।

कोरियामा रहेका नेपालीमा भाइरस संक्रमण देखिएको छैन । धेरैजसो नेपाली कम्पनीमै काम गर्दै बसेका छन् । उनीहरु छुट्टीमा पनि बाहिर हिंडडुल गदैनन् ।

‘साहूले बाहिर नजानु भनेका छन् । छुट्टीमा साथीहरुले भेट्न बोलाए पनि जान सकेको छैन’, नोनसानस्थित एक बंगुर फार्ममा कार्यरत सुरज लामा भन्छन्, ‘बाहिरबाट आउनेहरुसँग पनि नभेट्न भनेकाले साथीलाई यता बोलाउन पनि सक्दैनौं । कोठामै मोबाइलमा विभिन्न पोग्राम हेर्दै, साथी र आफन्तसँग कुरा गर्दै छुट्टी कटाउने गरेका छौं ।’ अन्नपूर्ण पोष्ट दैनिकबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार