
काठमाडौं : लिम्बू विद्यार्थी मंचका निर्वतमान महासिचव उत्सव सङबाङफे किरात याक्थुङ चुम्लुङ नेवा ताम्सालिङ प्रदेश सचिवमा मनोनित भएका छन् ।
किरात याक्थुङ चुम्लुङ नेवा ताम्सालिङ प्रदेश समितिको शुक्रबार बसेको बैठकले सङबाङफेलाई सचिवमा मनोनित गरेको हो । रिक्त रहेको प्रदेश सचिव पदमा सङबाङफेलाई मनोनित गरेको किरात याक्थुङ चुम्लुङ नेवा ताम्सालिङ प्रदेश समितिले जनाएको छ ।
इलामको माङसेबुङ गाउँपालिका २ निवासी सङबाङफे विगत एक दशकदेखि सामाजिक आन्दोलनमा क्रियाशील छन् ।




















































