छथरमा बिदेशबाट फर्किएका युवालाई ब्याबशायिक अनुदान

  प्रकाश पाक्साँवा  679 पटक हेरिएको

 

तेह्रथुम  : तेह्रथुम  : रोजगारको खोजीमा दिनानु दिन बिदैसिक रोजगारका लागी बिभीन्न मुलुकमा पुग्ने युवाहरुको संख्या बढ्दो छ । हातमा केही सिप भएका देखी सिप क्षमता र अनुभव नभएका सबै युवाहरुले रोजगारको गन्तब्यमै बैदेसिक रोजगार बनाउँदै आएका छन । सामान्यतया परिवार धान्नका निम्ती गाउँमै केही ब्याबशाय सञ्चालन गर्ने समेत आर्थीक रुपमा असक्षम भएकाले पनी युवाहरुले बैदेसिक रोजगारलाई नै रोज्नु परेको हो ।

बैदेसिक रोजगारबाट फर्किएका युवाहरु गाउँमा ब्याबशाय सञ्चालन गर्न, खोजेपनी साझेदारीको लागी श्रोत नपाउँदा चिन्तीत बन्नु परेको छ । तर तेह्रथुमको छथर गाउँपालिकाले भने बैदेसिक रोजगारबाट फर्किएका युबाहरु ब्याबशायीक अनुदान दिने भएको छ । गाउँमै राखी स्वरोजगार बनाउने उदेश्य तथा बैदेशिक रोजगारमा हुँदा सिकेका सिप,कला,क्षमता र अनुभवलाई गाउँमै केही ब्याबशाय गरी रोजगार बनाउने उदेश्यका साथ कार्यक्रम अगाडी सारीएको छथर गाउँपालिकाका अध्यक्ष सन्तबिर लिम्बुले बताए ।

। उत्पादन तथा स्वरोजगार प्रबर्धन गर्ने प्रकृतीका ब्याबशायहरुमा अनुदान दिने तयारी भई रहेको गाउँपालिकाले जनाएको छ । ब्याबशाय सञ्चालन गर्ने युबाहरुको कार्ययोजना हेरी ३० हजार देखी १ लाख सम्मसाझेदारीमा अनुदान कार्यक्रम अघी सारीएको अध्यक्ष लिम्बुले बताए । कार्यक्रमका लागी आर्थीक बर्ष २०७६÷७७ मा ५लाख रुपैयाँ बिनीयोजन भएको गाउँपालिकाका प्रबक्ता राजन नेपालीले बताए ।  गाउँपालिकाले २५ बर्षदेखी ४५ बर्ष सम्म उमेर समुहका युबाहरुलाई ५० प्रतिशतमा अनुदान दिने भएको हो ।

गाउँपालिकाले कार्यक्रम ल्याएपछी युवाहरुले आबेदन दिने सुरु गरेको छथर गाउँपालिका कृषी शाखाका प्रमुख हिम थापाले बताए । युवाहरुले अनुदान प्राप्त गर्नै गाउँपालिकाले बिनीयम नै बनाएर कार्यक्रम ल्याएको छ । गाउँपालिकाले ल्याएको कार्यक्रमले बैदेसिक रोजगारबाट फर्किएका युवाहरुलाई गाउँमै ब्याबशाय सुरु गरी जिवन निर्बाहमा टेवा पुग्ने भएको छ । बैदेसिक रोजगारबाट फर्किएका युवाहरु ब्याबशायीक रुपमा ब्याबशाय सञ्चालन गर्दै आएपनी यसअघी साझेदारीमै भएपनी अनुदान पाउन मुस्किल रहँदै आएको थियो ।  ब्याबशाय सुरु गरीसकेका युवाहरुलाई प्रोत्साहन हुनको साथै अब सुरु गर्न लागेका युवाहरुका लागी यो कार्यक्रमले सहयोग पुग्ने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार