माईभ्याली गोल्डकप, म दर्शकको आँखामा

  सम्झना साम्पाङ  1228 पटक हेरिएको

जब बालापनमा “दशैँ आयो खाउँला पिउँला” गीत रेडियोबाट घन्किन्थ्यो तब मनै फुरुङगै हुन्थ्यो । अहिले त्यस्तै “इलामको सान हो क्लब माइभ्याली” भन्ने गित इलाम बजारको टोल टोलमा जब घन्किन्छ तब मनै दङग हुन्छ । नेपालीहरुको महान् चाड दशै, तिहार भएजस्तै इलामेलीहरुको लागि अर्को महान चाड हो “माईभ्याली गोल्ड कप” ।

दशैँ तिहार सकिएपछि केही दिन सुनसान लागेझैँ माइभ्याली गोल्डकप सकिएपछि केही दिन इलाम बजार नै सुनसान लाग्छ । विश्वकै लोकप्रिय खेलको रुपमा बहुपरिचित छ फुटबल । फुटबललाई खेलको राजा मानिन्छ २१ औँ शताब्दीको युवा पुस्तामाझ फुटबल ज्याँदै परिचित भै सकेको छ । फुटबल खेललाई कतिपय मानिसले शारीरिक व्यायामको रुपमा मात्रै लिने गरेका छन् तर खेलाडीको लागि शारिरीक व्यायाम मात्र नभई बैयत्तिक कला प्रर्दशन हुने रङ्गमन्च पनि हो। विश्वमा यो खेल मन नपराउने ज्यादै कम मात्र पाइन्छन् । टोलस्तर, कलेज, स्कुल विभिन्न क्लबको माध्यमबाट पक्कै पनि फुटबलको चिल्ला पात उमार्न सकेमा कोही त निस्किने छ पक्कै विस्वस्तरको खेलाडी ।

इलाम सदरमुकाम स्थित ठुलो टुडिखेलमा छैठौँ अन्तरास्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप भर्खरै सम्पन्न भैसकेको छ । खेल नियमित हेर्ने दर्शकमध्येको म पनि एक दर्शक हुँ । सबैदिनको खेल उत्कृष्ट लाग्यो र खेल हेरिरहँदा यो आभास हुन्यो कि फुटबल प्रतिको मोह होस् त इलामेलिको दर्शकको जस्तो । वाह ! वाह !! वाह !!! इलामले पनि थुप्रै राष्ट्रियस्तरका खेलाडी जन्माई सकेको छ । दर्शन गुरुङ, विजय गुरुङ, सुवास राई, नवयुग श्रेष्ठ, लोकबन्धु गुरुङ, छिरिङ गुरुङ, विवेक बस्नेत इलामे राष्ट्रिय फुटबल टिमका हस्तिहरु हुन् । अवसर पाएमा कोहि भन्दा कोहि कमि छैनन् भन्ने यहीँबाट स्पष्ट हुन्छ ।

कुवाको भ्यागुतो जस्तो अवस्थाको इलामको फुटबललाई आधुनिकतातर्फ डोर्‍याउने श्रेय जान्छ इलामका मंगेश बस्नेत, दर्शन भक्तराज, धिरेन चेम्जोङ, निरोज खड्गी लगायत मैले यहाँनेर नाम दिन छुटाउन पनि सक्छु । खेलको अन्तिम दिन खेल २ बजेदेखि सुरुवात हुने भनिएता पनि टुडिखेलमा दर्शकको भिडभाड लगभग मध्यान्हको १२ बजेदेखी नै देखिन्थ्यो । त्यसको प्रमुख कारण हो अलि ढिलो गएमा बस्ने ठाउँ नपाइने पीर । स्थायी रंगशाला नहुनुको पिर पक्कै माइभ्यालिले बुझेको छ । खेलको अन्तिम दिन मौसमले साथ नदिएको पक्कै हो । तर पनि दर्शकहरु कोही लुथ्रुक्कै भिजेर, कोहि त्यहाँ राखिएका विज्ञापनका होडिङ बोर्ड समेत छाताको रुपमा ओडेर, कोहि छाता ओढेर, कोहि घरको बाहिर पट्टी ओत लागेर पनि फुटबल खेल हेरिरहेका नै थिए । जसबाट के प्रमाणित हुन्छ भने इलामे दर्शकहरु फुटबलप्रति अधिक रुची राख्छन् र उत्तिनै माया पनि पेख्छन् । खेल मैदानमा खेलाडीहरु लुथ्रुक्कै भिजेर २ पाइला कुद्दै-पछारिँदै फेरी उठ्दै-कुद्दै दुबै टिम अघि बढी रहेका थिए । त्यो बेमौसमी झरीमा इलामेली दर्शकको फुटबलप्रतिको मोह देख्दा इलाममा अब चाँडै व्यवस्थित रंगशाला बन्नुपर्ने कुराका सबै इलामे दर्शकको चाहना छ । व्यवस्थित रंगशाला बन्नै पर्छ भन्ने कुरामा कसैको पनि असमर्थ बिचार नहोला ।

एकातिर खेलमैदान स्तरीय नहुनुको दर्शकको पीडा विध्यमान नै हुनुले त्यहाँका अन्य भौतिक कुराहरु अस्थाई हुनु अर्को पीडा हो । व्यवस्थित शौचालयको अभाव, अस्थाई रुपमा बनाईएका शौचालयको त कुरै नगरौँ । खेलमैदानमा रहेका स्थाई शौचालयमा समेत पानीको अभाव र अत्यधिक दुर्गन्धको कारण शौचालय जाँदा पनि नाक, मुख छोपेर जानुपर्ने अर्को बाध्यताले दर्शकको मन खिन्न बनाएको सत्य हो । अझ मैले प्रत्यक्ष भोगेको कुरा हो बुढा पाखाले कुन शौचालयमा महिला जाने र कुन शौचालयमा पुरुष जाने ठम्याउन नसक्दा त्यहाँनेर स्वयंसेवकहरु तथा सुरक्षाकर्मीको व्यवस्थापकीय भूमिका राम्रो नभएको पुष्टि हुन्छ । अत: व्यवस्थित रंगशाला बनेपछि यस्ता अन्य व्याप्त समस्याहरुको समधान हुन्छ भन्नेमा इलामे दर्शकहरु विश्वस्त छन् ।

अन्तिम दिनको दर्शक उपस्थिति देख्दा धेरै जनाले यहि भनिरहेका थिए कि इलाममा आजसम्म यति मान्छे देखेको थिईएन। फुटबल भन्ने खेल सिमित खेलाडीको मात्रै नभएर सम्रग इलामकै संस्कृति जबसम्म बन्दैन त्यसको स्वफुर्त क्षमता विकास गफ मात्रै हुनेछ । इलामेली फुटबल बिकासको लागि लगानी र निरन्तरता अनिवार्य सर्त हो । फुटबलका हस्ति पेलेले भनेका छन “ब्राजिलियनको भोक प्यास र निन्द्रा भनेकै फुटबल हो” उनिहरु फुटबलमै बाच्छन् यो महान बिचार विस्वभर फैलिँदै छ । फुटबल जगतको खेलाडिहरुको प्रशंसक विस्वमै धेरै छन्। लगाब बिनाको लगानिले मात्रै परिणाम निकाल्न सकिँदैन । लगानि भन्दा लगाब महत्त्वपूर्ण कुरा हो । किनकी विस्वकपमा सहभागीता जनाउन कतिपय साना, गरिब देशको नाम नै काफी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार