माइभ्याली गोल्डकपमा बर्सेनि दर्शकहरु घट्दै

इलाम : इलाम सदरमुकाममा आयोजना गरिने माइभ्याली अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपमा दर्शकहरुको मोह बर्सेनि घटदै गएको पाईएको छ । अघिल्लो बर्ष भएको प्रतियोगिता भन्दा यस पटकको प्रतियोगितामा सोचे जतिको दर्शक देखिएनन् ।

बर्षेनी दर्शकहरु घट्दै गएकाले आयोजकलाई समस्या बढ्दै गएको आयोजक माइभ्याली फूटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङले बताए । केही वर्ष अगाडी नै आयोजकले एकाडेमी सञ्चालन गरेर आयोजकको स्थानिय खेलाडी उत्पादन गर्ने लक्ष राखेको थियो ।

तर हालसम्म पर्याप्त जग्गा नभएका कारण समस्या भएको अध्यक्ष चेम्जोङले बताए । जग्गा प्राप्त भए एन्फाले समेत सहयोग गर्ने र आफुहरु समेत तयार रहेको उनले बताए ।

आयोजक र मच्छिन्द्र बिच प्रतिष्पर्दा हुँदै

माइभ्याली गोल्डकपको उपाधिका लागि स्थानिय आयोजक र लिग बिजेता मच्छिन्द्र क्लब बिच शनिबार  प्रतिष्पर्दा हुँदैछ । इतिहास रच्दै पहिलो पटक माइभ्याली फाइनलमा प्रवेश गरेको हो ।

छैटौँ संस्करण सम्म आइपुग्दा माइभ्याली अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनलमा प्रवेश गरको हो । माइभ्यालीका लागि यो ठुलो अवसर हो ।

खेलको लागी दुबै टिमका प्रशिक्षकले आफुहरु जितका लागि खेल कौशल देखाउन लागि पर्ने बताएका छन् । प्रि म्याच कन्फ्रेसनमा बोल्दै दुबै टिमका प्रशिक्षकले उपाधिको लागी मानसिक तथा शारिरिक रुपमा तयार भएको बताएका छन् ।

आयोजक र मच्छिन्द्र दुबै टिमले पहिलो पटक आमन्ने सामन्ने भएर फाइनल खेल्न लागेका हुन् ।
सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लिग जितेको मछिन्द्र क्लब संग स्टार खेलाडीहरु रहेका छन् ।

यता आयोजकले बिभिन्न क्लबका खेलाडीहरु मिश्रणमा टीम निर्माण गरेको छ ।  बिदेशी खेलाडीहरुको भरमा खेल जित्ने लक्ष्यमा रहेको आयोजक स्टार खेलाडीहरुले भरिएको मच्छिन्द्रलाई हराउन त्यति सहज भने छैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार