
इलाम : इलाममा लागु औषध (ब्राउन सुगर) सहित २ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय इलामले इलाम नगरपालिाका ४ का २५ वर्षीय रोशन राई र देउमाई नगरपालिका ९ का २० वर्षीय विशाल सिवालाई पक्राउ गरेको हो ।
दुवैजनालाई गत फागुन १५ गते नै इलाम नगरपालिका ९ गोलाखर्कबाट पक्राउ गरिएको भएपनि विहीबार सार्वजनिक गरिएको छ । उनीहरुको साथबाट ४ दशमलव ५ ग्राम ब्राउन सुगर समेत फेला पारिएको छ ।
पक्राउ गरेका दुबैजनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।
पछिल्लो समय युवायुवती दुब्र्यसनीमा फस्दै गएको भन्दै जिल्ला प्हरी कार्यालयले बिद्यालय स्तरमा समेत सचेतना कक्षा दिँदै आएको छ ।



















































