तिनजुरे बोर्डिङमा आगलागी, २५ लाखको क्षति

इलाम : इलामको फाकफोकथुम गाउँपालिका ६ फुस्रेस्थित तिनजुरे बोर्डिङ स्कुलको छात्राबासमा आगलागि हुँदा २५ लाख बढीको क्षति भएको छ ।

बुधबार साँझ भएको आगलागीमा भाँडावर्तन,अन्नपात, लत्ता कपडा, दुईवटा टेलिभिजन, चारवटा ल्यापटप, दुईवटा कम्प्युटर, टेबल, कुर्सी, दराज, खाट र कागजात जलेर नष्ट हुँदा २५ लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

काठ र टिनबाट निर्माण गरिएको दुई तले छात्राबासमा विद्युत सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीले जानकारी दिए ।

एकतप्पा प्रहरी चौकी र स्थानीयको सहयोगमा दुई घण्टापछि नियन्त्रणमा लिईएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार