पूर्वाञ्चलको रजत महोत्सवमा तिस बढि पत्रकार सम्मानित

नयाँ बुलन्दकर्मी युद्ध बहादुर बोहोरा सम्मानित

इलाम : झापाको विर्तामोडबाट प्रकाशित पूर्वाञ्चल दैनिकको रजत महोत्सव सम्पन्न भएको छ ।

श्रीअन्तु प्रकाशन प्रा.लि. द्वारा २०५२ सालदेखि नियमित प्रकाशन हुँदै आएको पूर्वाञ्चल दैनिक २५ वर्षमा प्रवेश गरेको अवसरमा पूर्वाञ्चलले प्रकाशन गरेको विशेषाङ्कको समेत लोकार्पण गरिएको छ ।

प्रदेश नम्बर १ का प्रमुख माननीय सोमनाथ अधिकारी ‘प्यासी’ सहित २५ जना अतिथिले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरे । मेची अञ्चलकै पत्रकारिताको इतिहास समेटेर पूर्वाञ्चलले तयार गरेको पुस्तकको लोकार्पण गर्दै प्रदेश प्रमुख प्यासीले जस्तोसुकै कठिन परिस्थितिमा पनि सञ्चार जगतले लोकतन्त्र र मानवअधिकारको पक्षमा सचेत गराएको बताए।

सञ्चार जगतले हिजोका दिनमा पञ्चायती व्यवस्थाको अन्त्य गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै लोकतन्त्रको रक्षार्थ सदैव सञ्चारकर्मीलाई क्रियाशील हुन आग्रह गरे । प्रदेश प्रमुख प्यासीले पत्रकारिता गर्न आफैमा कठिन हुने बताउँदै सफल पत्रकारिताका लागि सम्प्रेषण, व्यवस्थापन, सम्पादन, वितरण सबै पक्षको सन्तुलन हुनु पर्नेमा जोड दिए ।

संस्थाका अध्यक्ष टोरुप प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वाञ्चल दैनिक मदन ढकाल स्मृति पत्रकारिता पुरस्कार–२०७५ बाट अग्रज पत्रकार नकुल काजी र नेपाल पत्रकार महासंघ संस्थापक महासचिव चन्द्र भण्डारी तथा पूर्वाञ्चल दैनिक मदन ढकाल स्मृति पत्रकारिता पुरस्कार–२०७६ बाट चिन्तामणि दाहाल र लीला बराललाई पुरस्कृत गरिएको थियो ।
त्यस्तै उत्कृष्ट पत्रकार सम्मान पूर्वाञ्चल दैनिकका डेस्क सम्पादक लक्ष्मण ढकाल, उत्कृष्ट व्यवस्थापक सम्मान चन्द्रकान्त ढकाल, उत्कृष्ट स्तम्भकार सम्मान अधिकारकर्मी विष्णुप्रसाद खरेल, उत्कृष्ट व्यङ्ग चित्रकार सम्मान प्राज्ञ पवन राजवंशी र उत्कृष्ट फोटो पत्रकार सम्मान कमलप्रसाद पाण्डे ‘विनोद’ लाई प्रदान गरिएको थियो ।
पूर्वाञ्चल विशेषाङ्क विमोचन समारोहमा विशेषाङ्कमा लेख रचना प्रकाशित गर्ने लेखकलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा सहप्राध्यापक कोमलप्रसाद पोखरेल, तारामणि सापकोटा, महेन्द्रकुमार गिरी, रामचन्द्र उप्रेती, इन्दु पूर्वेली, सरोज ओली, यज्ञराज प्रसाई, मोहनप्रसाद ओली, पुण्यप्रसाद खरेल, प्रेमप्रकाश फलाहारी, कुमार भट्टराई, आदित्य दाहाल, राजु पाठक, दिपीन राई, सुदीप अधिकारी, सावित्रा दाहाल, राधा खनाल, रमेशचन्द्र अधिकारी, हिमालचन्द्र खरेल, आत्माराम राजवंशी, ओम आचार्य, गजेन्द्र आचार्य, भीमप्रसाद दहाल, चूडामणि पौडेल, देशराज नेम्बाङ र दिलकुमार लावतीलाई सम्मान गरिएको थियो ।

प्रमुख अतिथिबाट सम्मान पत्र ग्रहण गर्दै पत्रकार सुदिप अधिकारी  ।

त्यस्तै, पूर्वाञ्चल दैनिकका पूर्व सहकर्मी तथा विशेषाङ्कलाई लेखरचना उपलब्ध गराउनेहरु गोविन्दचन्द्र क्षेत्री, लोकराज ढकाल, राजकुमार पोखरेल, गोपाल गिरी, कृष्ण हुमागाईं, मोहनकाजी, उमाकान्त खनाल, सन्तोष आचार्य, केशव भट्टराई, विप्लव भट्टराई, राजेन्द्र गौतम, संगीता रौनियार, ज्ञानेन्द्र निरौला, इन्द्रसिंह राजवंशी र यामनाथ खरेललाई सम्मान गरिएको थियो ।

त्यस्तै पत्रिकाका सहसम्पादक सुरेन्द्र भण्डारी, कार्यकारी व्यवस्थापक होमप्रकाश अधिकारी, उपसम्पादक तुलसीप्रसाद निरौला, अनलाइन समाचार संयोजक नरेन्द्र ढकाल, बजार व्यवस्थापक लीला आचार्य, लेखा प्रमुख सोम भण्डारी, स्तम्भकार तथा सुरुङ्गा समाचारदाता तीर्थराज खरेल, साहित्य संयोजक भूवन तामाङ, स्तम्भकार तथा समाचारदाता पूर्णबहादुर कटुवाल, राशीफल स्तम्भका लेखक ज्योतिषी मधुसुदन रिजाललाई सम्मान गरिएको थियो ।

त्यस्तै समाचारदाताहरु युद्धबहादुर बोहोरा पाँचथर, गणेश अर्याल इलाम, विष्णुप्रसाद पोखरेल दमक, लक्ष्मी उप्रेती ‘सिस्नो’ मेचीनगर, बिनोद सापकोटा शिवसताक्षी, पार्थ मण्डल भद्रपुर, अमित खम्बु अर्जुनधारा, रत्नबहादुर बस्नेत बिर्तामोड, टंक ‘विकल्प’ बुद्धशान्ति, विश्व थापा दुहागढी, दीपेन लावती शान्तिनगरलाई सम्मान गरिएको थियो ।

पूर्वाञ्चल दैनिकका प्रकाशक भरतलाल गिरीले स्वागत मन्तव्य राख्दै पत्रिकालाई जनअपेक्षा अनुरुप समयसापेक्ष रुपमा परिवर्तन गर्दै लैजाने बताए ।
कार्यक्रमको सञ्चालन डेस्क सम्पादक लक्ष्मण ढकाल, सम्पादक एकराज गिरी र सहसम्पादक सुरेन्द्र भण्डारीले संयुक्त रुपमा गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार