नेवी संघ तेह्रथुमको विरोध प्रदर्शन ।।

पेट्रोलियम पदार्थको मुल्य वृद्धि र किताबको करको बिषयमा नपाल बिद्यार्थी संघले देसैभर आन्दोलन गरेको छ ।

तेह्रथुम, फागुन
पेट्रोलियम पदार्थको मुल्य वृद्धि र किताबको करको बिषयमा नपाल बिद्यार्थी संघले देसैभर आन्दोलन गरेको छ ।देसभर एकै समयमा शान्तिपुर्ण आन्दोलन गर्ने केन्द्रिय कार्य समितीको कार्यक्रम अनुसार तेह्रथुमको छथर गाउपालिका स्थित छथर क्याम्पस अगाडि सडकमा इकाइ समितिले आन्दोलन गरेको छ ।

आईतबार आयोजित अन्दोलनले पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता,पुस्तकमा लाएको कर फिर्ता , स्वबियु निर्वाचनको तालिकामा सार्बजनिक गर्न , गोकुल बास्कोटालाई कार्बाही लगायतका माग अधि सारिएको छ । कार्यक्रम नेबि संघ तेह्रथुम सचीव हिमराज कटुवाल र जिल्ला सदस्य तथा छथर गापा अध्यक्ष मिलन सुबेदीको उपस्थितिमा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार