मुख्यमन्त्री शेरधन राई विरुद्ध मुद्दा दायर

राईलाई आफ्नो पति दाबी गर्दै एक महिला

काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई आफ्नो पति दाबी गर्दै एक महिलाले काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता गरेकी छन् ।

काठमाडौं जिल्ला अदालत स्रोतका अनुसार दोलखा घर भएकी बालिका खड्का नाम गरेकी महिलाले मुख्यमन्त्री राईविरुद्ध पति दावी गर्दै मुद्दा दायर गरेकी हुन् ।

शुक्रबार मुद्धा दर्ता गर्न आएकी खड्काले राईसँग आफ्नो बिवाह भएको दावी गर्दै अंश मुर्दा दर्ता गरेकी छन् । बिवाहपछि आफु घरेलु हिंसामा परेकोसमत उजुरीमा उल्लेख गरिएको छ ।

उनले दिएको उजुरीमा मुलुकी फौजदारी संहिताको दफा २१५ बमोजिम आफुले अंश पाउनु पर्ने माग गरिएको छ ।news24 बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार