माइभ्याली गोल्डकपमा रुपन्देहीको बिजयी सुरुवात

इलाम : माइभ्याली गोल्डकपको उद्घाटन खेलमा गोर्खा ब्वाइज एफसी रुपन्देही बिजयी भएको छ । बिहिबार भएको उद्घाटन खेलमो कोहीमा इगल एफसी नागाल्याण्डलाई शून्यका बिरुद्ध ४ गोलले पराजित गरेको हो ।

हाफ टाईम पछिको २१ मिनेटमा रुपन्देहीका हमजतले पहिलो गोल गरेका थिए । हाफ टाईम पछिको ३२ औ मिनेटमा रुपन्देहीका फोडे फोफन्नाले दोस्रो गोल थपेका थिए । खेलको इन्जुरी समयमा रुपन्देहीका जर्सी नम्बर ११ का शक्ति राईले तेस्रो र चौथो गोल गर्दै फराकिलो जितको अन्तर निकालेका थिए ।

प्रतियोगिताको म्यानअफदी म्याच रुपन्देहीका शक्ति राई घोषीत हुँदै नगद १० हजार रुपियाँ प्राप्त गरे ।
प्रतियोगितामा सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र क्लबसहित १० टिम सहभागी छन ।

माईभ्याली गोल्डकपको विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपियाँ प्राप्त गर्ने आयोजक माईभ्यालीले जनाएको छ । शुक्रबारको खेल आयोजक माईभ्याली क्लब र ग्यान्टोक सिटी फुटबल क्लब सिक्किम बिच खेल हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार